भूकम्प प्रभावित विद्यालयलाई कम्प्युटर सहयोग

गोरखा, २६ फागुन । भूकम्प प्रभावित जिल्लाका तीन विद्यालयलाई अमेरिकाको विस्कान्सिन स्टेटमा रहेका नेपालीहरुको साझा संस्था मिल्वाकी नेपाली परिवारको आर्थिक सहयोगमा कम्प्युटर सहयोग गरिएको छ ।

छेपेटारको तारा मावि, खोप्लाङको अन्नपूर्ण मावि र चोरकाटेको धर्मावती माविलाई प्रति विद्यालय सात थान कम्प्युटर सहयोग गरिएको हो ।

आइतबार बिद्यायलमै पुगेर संस्थाका प्रतिनिधि रमेश विष्टले उक्त कम्प्युटरहरु हस्तान्तरण गरेका हुन । करिव ६ लाख रकम बराबरको कुल २१ वटा कम्प्युटर वितरण गरिएको उनको भनाइ छ ।

कम्प्युटर कक्षाहरु संचालनका लागि सहयोग प्राप्त कम्प्युटरले थप सघाउ पुग्ने विद्यालयहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको

काठमाडौँ, ११ असोज । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार

काठमाडौँ, ११ असोज । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केबलकारको गेटभित्रको सडक भासिएको छ ।  आज गोरखाको सहिद लखन गाउँपालिका–३ सिलिङटार

काठमाडौँ, ११ असोज । विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट ३९८ किलो गाँजा बरामद भएको छ । प्रहरीका