भूकम्प प्रभावित विद्यालयलाई कम्प्युटर सहयोग

गोरखा, २६ फागुन । भूकम्प प्रभावित जिल्लाका तीन विद्यालयलाई अमेरिकाको विस्कान्सिन स्टेटमा रहेका नेपालीहरुको साझा संस्था मिल्वाकी नेपाली परिवारको आर्थिक सहयोगमा कम्प्युटर सहयोग गरिएको छ ।

छेपेटारको तारा मावि, खोप्लाङको अन्नपूर्ण मावि र चोरकाटेको धर्मावती माविलाई प्रति विद्यालय सात थान कम्प्युटर सहयोग गरिएको हो ।

आइतबार बिद्यायलमै पुगेर संस्थाका प्रतिनिधि रमेश विष्टले उक्त कम्प्युटरहरु हस्तान्तरण गरेका हुन । करिव ६ लाख रकम बराबरको कुल २१ वटा कम्प्युटर वितरण गरिएको उनको भनाइ छ ।

कम्प्युटर कक्षाहरु संचालनका लागि सहयोग प्राप्त कम्प्युटरले थप सघाउ पुग्ने विद्यालयहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १४ कार्तिक । अमेरिकाले युक्रेनलाई ५०० वटा प्याट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्र बिक्री गर्न स्वीकृति दिएको छ । रुसको बढ्दो हवाई

एजेन्सी, १३ कार्तिक । रुसले युक्रेनको निप्रोस्थित रेलवे स्टेसनमा ड्रोन आक्रमण गर्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ । अन्य

एजेन्सी, १३ कार्तिक । भुटानको शिंताफू हिमतालबाट अचानक ठूलो परिमाणमा पानी बाहिरिएपछि आएको बाढीले मुख्य सडकको एक खण्ड बगाएको छ

एजेन्सी, १२ कार्तिक । भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु भएको छ । घर, कृषिबाली र पूर्वाधारमा क्षति