विन्डोज १० का प्रयोगकर्ता ८० करोड नाग्यो

एजेन्सी, २६ फागुन । माइक्रोसफ्ट कम्पनीको कम्प्युटर अपरेटिङ सिस्टम विन्डोज १० का प्रयोगकर्ताको संख्या ८० करोड नाघेको छ ।

माइक्रोसफट्का अनुसार सन् २०१५ को जुलाईमा रिलिज भएको विन्डोज १० साढे ३ वर्षभित्रमै यसका ८० करोड प्रयोगकर्ता पुगेका छन् ।

अहिले विश्वभरका ८० करोडभन्दा धेरै डिभाइसमा विन्डोज १० प्रयोग भैरहेको जनाएको छ । गत सेप्टेम्बर २०१८ मा विन्डोज १० का प्रयोगकर्ता ७० करोड पुगेको घोषणा माइक्रोसफ्टले गरेको थियो । यस अनुसार पछिल्लो ६ महिनामा विन्डोज १० का प्रयोगकर्ताको संख्या १० करोडले वृद्धि भएको छ ।

माइक्रोसफ्टको मोर्डन लाइफ एण्ड डिभाइस विभाग अन्तर्गत कर्पोरेट उपाध्यक्ष युसुफ मेहेदीले एक ट्विट गर्दै विन्डोज १० ले विन्डोजको इतिहासमै सर्वाधिक उपभोक्ता सन्तुष्टि प्राप्त गर्न सफल भएको बताएका छन् ।

स्मरण रहोस् विन्डोज विश्वको सबैभन्दा लोकप्रिय डेस्कटप अपरेटिङ सिस्टम पनि हो । माइक्रोसफ्टकै अपरेटिङ सिस्टम विन्डोज ७ को लोकप्रियतालाई पछि पार्दै विन्डोज १० गत जनवरीमा सर्वाधिक लोकप्रिय डेस्कटप अपरेटिङ सिस्टम बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको

काठमाडौँ, ११ असोज । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार

काठमाडौँ, ११ असोज । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केबलकारको गेटभित्रको सडक भासिएको छ ।  आज गोरखाको सहिद लखन गाउँपालिका–३ सिलिङटार

काठमाडौँ, ११ असोज । विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट ३९८ किलो गाँजा बरामद भएको छ । प्रहरीका