एजेंसी, २६ फागुन । केन्या जाँदै गरेको इथियोपियन एयरलाइन्सको विमान दुर्घटना भएको छ ।
इथियोपियाको राजधानी आडिस आबुबाबाट उडेको केहीबेरमा विहान दुर्घटनाग्रस्त भएको हो । इथियोपियाका प्रधानमन्त्रीले ट्वीट गर्दै विमान दुर्घटनाको पुष्टि गरेका छन् ।
दुर्घटना स्थल र मानवीय क्षतिबारे केही उल्लेख छैन । उक्त विमानमा १४९ यात्रु र ८ चालक दलका सदस्य रहेको जनाएको छ ।