काठमाडौँ, २६ फागुन । बलिउड नायक गोविन्दा स्टारर फिल्म ‘कुल्ली नम्बर १’को रिमेकमा बरुण धवन र साराअली खान रहने भएको छ ।
डेबिड धवनले नै निर्देशन गर्ने ‘कुल्ली नम्बर १’को रिमेकलाई भने रोहित धवनले निर्माण गर्न लागेका हुन् । निर्माण युनिट र सारा बीच फिल्मका लागि औपचारिक सम्झौता पनि भइसकेको जनाएको छ ।
यो चलचित्रका लागि नायिका आलिया भट्टलाई अफर गरिएको थियो । तर, आन्तरिक कुराहरु नमिल्दा आलियाले यो चलचित्रमा काम गर्न पाइनन् ।
बरुण र साराको जोडी बाधिँने पक्का भएसँगै बलिउडमा यो जोडीको चर्चा सुरु भएको छ । अहिले बरुण चलचित्र ‘कंलक’को प्रचार र ‘स्ट्रिड डान्सर ३’को छायांकनमा व्यस्त छन् भने सारा ‘लभ आजकल २’को छायांकनमा व्यस्त छन् ।