अस्पतालमा शिशुको मृत्यु भएपछि स्वास्थ्यमन्त्रीद्वारा राजीनामा

एजेन्सी, २६ फागुन । अस्पतालमा भर्ना भएका शिशुहरुको मृत्यु भएपछि ट्युनिसियाका स्वास्थ्यमन्त्रीले पदबाट राजीनामा दिएका छन् ।

राजधानी ट्युनिसको एक अस्पतालमा ११ नवजात शिशुको मृत्यु भएपछि स्वास्थ्यमन्त्री एबडरोफ चेरिफले राजीनामा दिएका हुन् ।ट्युनिसियाको सार्वजनिक स्वास्थ्य सेवा उत्तर अफ्रिकामा उत्कृष्ट मानिन्छ  ।

मार्च ७ र ८ तारिखको बीचमा सेप्टिक शकको कारण ११ बच्चाहरुको मृत्यु भएको थियो । ट्युनिसियाको पेडियाट्रिक सोसाइटले अस्पतालमा संक्रमणको कारण शिशुको मृत्यु भएको हुनसक्ने जनाएको छ ।

प्रधानमन्त्री युसुफ छेडले औषधिलगायतका स्वास्थ्य उपकरण, सरकारी अस्पतालको सेवा र सरसफाइको विषयमा केन्द्रित रहेर अनुसन्धान सुरु गरिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । फिल्म ‘कबड्डी ५’ को प्रदर्शन मिति घोषणा भएको छ । यो फिल्म दशैं बिजयादशमीको ठीक दुई दिनपछि

काठमाडौँ, २ असोज । फिल्म ‘बेहुली’को कमाइ २ करोड २७ लाख रुपैयाँ ग्रस गरेको छ । पहिलो साता सुखद ब्यापार गर्दै

काठमाडौँ, २ असोज । फिल्म ‘बखत्ते’ को शुभ मुहूर्त गरिएको छ । ‘बखत्ते’को आज ललितपुर अवस्थित महालक्ष्मी मन्दिर परिसरमा शुभ मुहूर्त

काठमाडौँ, २ असोज । आजबाट हलमा तीन नयाँ नेपाली फिल्म प्रदर्शनमा आए । फिल्म हुन् ‘झिँगे दाउ २’, ‘कार्की साइला’ र