सिकेसँगको सम्झौतामा ऐतिहासिक, अनावश्यक हल्ला फैलाउनु बेमौसमी बाजा : इन्जिनियर रोकाहा

काठमाडौँ, २६ फागुन । युवा संघ नेपालका केन्द्रीय सदस्य तथा इन्जिनियर सन्जिब रोकाहाले सिके राउत र सरकारबीच भएको सम्झौता ऐतिहासिक भएको भन्दै अनावश्यक हल्ला फैलाउनु बेमौसमी बाजा भएको बताउनुभएको छ ।

उहाँले सरकार र सीके राउतबीचको सहमतिलाई गलत देखाएर कसैले आफुलाई राष्ट्रवादी र देशभक्त हुँ भनी राजनीतिको रोटी सेक्नु बेकार भएको बताउनुभयो । उहाँले नेपाल राष्ट्रको स्वतन्त्रता, स्वाधिनता, सार्वभौमसत्ता र अखण्डता रक्षा गर्नु प्रत्येक नेपालीको कर्तव्य भएकाले कागले कान लग्यो भन्दैमा आफ्नो कान नछामी पछि नलाग्न हल्लाकर्ताहरुलाई आग्रह समेत गर्नुभएको छ ।

गतिशील इन्जिनियर्‍स एसोसिएसनका केन्द्रीय नेता समेत रहनु भएका रोकाहाले सिके राउतले हिजो लिएको बाटोलाई मोडेर आगामी दिनमा नेपालको सार्वभौमिकता र अखण्डतालाई सिरोधार्य गरि अगाडि बढने गरि सरकारसँग सम्झौता गर्दै राजनैतिक अवतरणका साथ सार्वजनिक हुनुसँग किन हाम्रा केही मानिसको टाउको दुखेको होला ? भनि प्रश्न समेत गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘सम्झौतामा प्रचलित नियम कानुन बमोजिमको जनअभिमत भनेको नियम अनुसार हुने निर्वाचन नै बुझ्नु पर्छ जसलाई अन्य धेरै अर्थ लगाएर खिचडी पकाउनु को के अर्थ छ र रु यो सम्झौताको एउटा महत्वपूर्ण सन्देस बाटो बिराएकाहरुलाई सरकार मुलधारमा ल्याउन सदैब तयार रहेछ भन्ने नै हो । सम्झौता ब्यक्ती पिच्छे सोधेर गरिने निर्णय हैन राष्ट्रको आवश्यकता र जनताको हित अनि राजनैतिक सामाजिक प्रणालीलाई दरिलो बनाउन गरिने एक सहमती हो । भविष्यमा गलत नहोस भनी चिन्ता लिनु त स्वभाभिकै होला तर अर्थको अनर्थ व्याख्या गरि बेमौसमी बाजा बजाउनु आफ्नै मुख दुखाउनु हो, सकारात्मक सोचौ । आसङ्काको मनोरोगले आफैलाई समाप्त पार्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले विपन्न महिलाको मिटरब्याजलगायत ऋण मिनाहा गर्ने तयारी भइरहेको बताएकी छन्

काठमाडौँ, १६ चैत । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायुसँग जोडिएका अधिकांश कानुनी व्यवस्था एकीकृतरुपमा अगाडि बढाउनुपर्ने बताएका छन्

काठमाडौँ, १६ चैत । नेपाली कांग्रेसको पार्टीको आदिवासी जनजाति विभागमा सदस्य मनोनीत भएका छन् । सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।