युवा संघको खुल्ला चुनौति : अगाडि बढ्दै जाने हो, समस्यालाई फाड्दै जाने हो, हिम्मत भए आउनुहोस्, खुल्ला बहस गर्न तयार छौं

काठमाडौँ, २५ फागुन । नेपाल कम्युनिट पार्टी (नेकपा)को भातृ संगठन युवा संघ नेपालले देश विकास र समृद्धिको पक्षमा निरन्तर अघि बढिरहने बताउँदै राष्ट्रको पक्षमा विरोधी तत्वहरुसँग खुल्ला बहस गर्न तयार रहेको बताएको छ ।

संघका अध्यक्ष रमेश पौडेल र बरिष्ठ उपाध्यक्ष किरण पौडेलले आफ्नो सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै राष्ट्र, राष्ट्रियता तथा अखण्डताको रक्षाको निम्ती विना वर्दिको प्रहरी भई अघि बढ्ने बताउनुभएको छ ।

सिके राउतलाई देखाएर तराई मधेशमा रोटी सेक्न पल्केकाह केही नेताहरु बिरोध गर्न थालेपछि सहमतिको बिषयमा खुला बहशका लागि युवा नेताहरुले चुनौति दिनुभएको हो । अध्यक्ष पौडेलले विप्लप समुहले गरिरहेको आन्दोलन केवल सत्ताको खेल मात्र भएको तर सिके राउतको राष्ट्र विभाजनको लक्ष्य रहेको जसमा राउतले नेपालको संविधान तथा राष्ट्रिय अखण्डतालाई स्वीकार गरी राज्यको मुल धारमा आउने ऐतिहासिक सफलता भएको बताउनुभयो ।

अध्यक्ष रमेश पौडेलले भन्नुभएको छ,‘शब्दको जाल बुनेर सरकार र सीके राउत वीचको सहमतिलाई गलत देखाएर कसैले आफुलाई राष्ट्रवादी र देशभक्त हुँ भनी राजनीतिको रोटी सेक्नु बेकार छ । सहमतिले राष्ट्रलाई बलियो बनाएको छ । देश बलियो हुँदा नै हाम्रो भविष्य सुनिश्चित हुने होला । हैन भने बुद्धि विलासका लागि र फरक देखाउनका लागि बहस अनि तर्क त गर्न सकिएला तर तर्कले सत्य फेर्न सकिदैन । यो सहमति राष्ट्रको पक्षमा छ भनेर खुल्ला बहस गर्न आउनुस, म तयार छु । हैन भने साहसिक र दुर्गामी पहलका लागि प्रधानमन्त्रीज्यूलाई बधाई ।’

बरिष्ठ उपाध्यक्ष किरण पौडेलले भन्नुभएको छ, ‘ठेस लग्ला भनेर कदमनै नचाल्ने हैन,हिड्दै गर्ने हो अबरोध फाड्दै गर्ने हो र हरेक चिजलाई परास्त गर्नुको बैधता र मान्यता रिङ्ग भित्रै (ट्र्याक भित्रै) हुन्छ बाहिरको बिजय,पराजय त्यो पनि निश्चित नियमका बिच युद्धमा मात्र मापन हुन्छ राजनीतिमा हैन । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल एक स्वतन्त्र, स्वाधिन, सार्वभौमसत्ता सम्पन्न अभिवाज्य राष्ट्र हो । नेपाल राष्ट्रको स्वतन्त्रता, स्वाधिनता, सार्वभौमसत्ता र अखण्डता रक्षा गर्नु प्रत्येक नेपालीको कर्तव्य हो ।’

‘दुबै पक्षद्वारा हस्ताक्षरित सम्झौता पत्रको प्रस्तवनामै प्रस्टरुपमा उल्लेख गरिएको यिनै महत्वपूर्ण शब्दहरुकै जगमा यो सम्झौता सम्पन्न भएको कुरा सहजै महसुस गर्न सकिन्छ। कहीकतै कुनै कोणबाट शंका गर्ने ठाउँहरु भेटियो भन्ने लाग्यो रे कसैलाई,आफ्नो आफ्नो बिचारको कुरा हो लाग्न पनि सक्ला तर सम्झौताको मसी सुक्न नपाउदै जिम्मेवार ब्यक्तीहरु द्वारानै हतार हतार गरिकन केवल नकरात्मक ढंगबाट आम जनतालाईनै दिग्भ्रमित पार्ने ढंगको टिप्पणी आउनु ठीक हैन । कही कतै छिद्रहरु देखीए त्यस्लाई टाल्ने कि औंला घुसार्दै भ्वाङ नै बनाउने ?’

‘सही उदेश्यका साथ सही बाटोमा हिंड्न खोज्दा अनेकन ठेस लाग्न पनि सक्छन त्यो एउटा सम्भाबनाको बिषय हुन सक्ला र एबम खालका संभाबित चुनौती र अबरोधका बिषयमा सामान्य हेक्का समेत नहुने हाम्रो सरकार र पार्टी नेत्रित्व पक्कै नहोला । जिज्ञासा, आशंका उत्पन्न आफ्नै मानसपटलबाटै हुन्छन तर निवारणका लागि कुनै पहल नगरि सार्वजनिक रुप्मा आत्मभर्त्सनातिर नलागौ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ फागुन । आज शेयर बजार झण्डै ४५ अङ्कले घटेको छ । सबै समूहको शेयर ओरालो लागेपछि नेप्से ४४ दशमलव

काठमाडौँ, १२ फागुन । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज

मोरङ, १३ फागुन  । उपभोग्य मिति पाँच वर्ष अगाडि समाप्त भएको खाद्य सामग्री रहरको दाल बिक्री गरेको आरोपमा विराटनगरका एक व्यापारीलाई

काठमाडौँ, १३ फागुन । नेपाल राष्ट्र बैंकले आज बिहिबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021