St. Paul को अभिभावक दिवस : शैक्षिक गुणस्तरमा वर्गिय खाडलको अन्त्यमा जोड

काठमाडौँ, २५ फागुन । हुने खाने र हुँदा खानेबीचको वर्गिय खाडलको अन्त्य गर्नुपर्नेमा जोड दिँदै St. Paul Steiner Academy को अभिभावक दिवस भव्य रुपमा सम्पन्न भएको छ ।

शनिवार काठमाडौँमा आयोजित कार्यक्रममा नेपालको शिक्षामा भएको धनि र गरिवबीचका मानिसले प्राप्त गर्ने शैक्षिक उपलब्धीको भिन्नता रहेको बताइएको छ । धनी परिवारका बालबालिकाले सानै उमेरदेखी नामी विद्यालयमा अध्ययन गर्ने तर गरिव परिवारका बालबालिकाले सामान्य विद्यालय पढ्नुपर्ने बाध्यताको अन्त्यको लागि उक्त विद्यालयले विशेष रुपमा भूमिका खेल्दै आएको बताइएको छ । उक्त विद्यालयमा हुने खाने र हुँदा खानेबीचको खाडल नभई समतामूलक शैक्षिक पद्धति रहेको बताइएको छ ।

विद्यालयले पाठ्यक्रममा आधारित सैद्धान्तिक कुराहरुलाई मात्र नभई २१औं शताब्दीको आवश्यकता र बाध्यता अनुसारको पठन पाठन गराइरहेको र आगामी दिनमा चाइना, जापान लगायतका शिक्षण पद्धति अनुसार विद्यालयको पठन पाठन अघि बढाइने समेत जानकारी गराइएको छ ।

कार्यक्रममा राष्ट्रिय सभाका सदस्य डा. विमला राई (पौडेल)ले जनचेतना तथा शिक्षाको अभावका कारण पछिल्लो समय देशमा हत्या, हिंसा, बलात्कार जस्ता अपराधिक कृयाकलापहरु बढेको बताउँदै आगामी दिनमा शिक्षाले समाजमा अपराधिक कृयाकलाप न्युनिकरण गर्ने प्रकारको हुनुपर्नेमा जोड दिनुभयो ।

कुनै पनि विद्यालयले विदेशलाई प्रोत्साहन गर्ने प्रकारको नभई आत्मानिर्भर र रोजगारीमूलक शिक्षा आवश्यक रहेको बताउनुभयो । उहाँले शिक्षालाई गरिवीले छेक्न नसक्ने भन्दै उहाँले मेहनत र लगाव नै शैक्षिक विकास र समृद्धिको आधार भएको बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य भवानी खापुङले शिक्षामा भएको वर्गिय खाडललाई अन्त्य गर्दै शिक्षामा सर्वसुलभ बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले उन्नती र प्रगतीमूलक शैक्षिक पद्धतिलाई अपनत्व गरी देशमा नै योग्य तथा दक्ष जनशक्ति निर्माण गर्दै रोजगारीको सिर्जना गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नं. ३१ का वडाध्यक्ष नारायण प्रसाद भण्डारी, स्कुल प्रमुख उपेन्द्र पौडेल, स्कुल व्यवस्थापन प्रमुख तेजबहादुर ढकाल, प्रिन्सिपल हरिप्रसाद ढकाल लगायतले आगामी दिनमा देशको आवश्यकता र विद्यार्थीको सुनौलो भविष्य निर्माणमा अभिभावकसँगको सहयोग र सहकार्यमा निरन्तर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ भदौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र साउदी अरबका परराष्ट्रमन्त्री फैसल बिन फरहानबीच शिष्टाचार भेटवार्ता

काठमाडाैँ, ११ भदाै । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सहयोगका लागि अपिल गरेकी छन्

काठमाडाैँ, ११ भदाै । नेपाली कांग्रेसका सभापति गगन थापाले विपद्‍को बेलामा सरकारसँग भएका स्रोत र साधनबाट सम्भव नहुने बताएका छन् ।

काठमाडौँ, ११ भदौ । विद्युत पूर्वाधार संरचनामा भएको क्षतिले विद्युत् अवरुद्ध भएको रसुवा बाढी प्रभावित क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ