राष्ट्र विखण्डनको सपना कसैले नदेखे हुन्छ : महासचिव पौडेल

रुपन्देही, २५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले अब नेपाललाई विखण्डन गर्ने सपना कसैले नदेख्न चेतावनी दिनुभएको छ ।

सुन्दरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था बुटवलको तेस्रो अधिवेशनको आज उद्घाटन गर्दै उहाँले सिके राउत र सरकारबीचको सहमतिले नेपाल शान्ति र समृद्धिको बाटोमा अगाडि बढेको सन्देश दिएको बताउनुभयो ।

महासचिव पौडेलले ‘छुटै मधेश’ हुनुपर्ने भन्दै पृथकतावादी गतिविधि गरिरहेका राउतसँग सरकारले चरणबद्ध वार्ता गरेर सहमतिमा ल्याएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपाल एउटै राज्य हो, यसलाई खण्डित गर्ने कुरा कदापि सफल हुदैन, सबैले नेपाली जनताको सार्वभौम अधिकारको सम्मान गर्नुपर्छ ।”

महासचिव पौडेलले नेपाल एक स्वतन्त्र, स्वाधिन, सार्वभौमसत्ता सम्पन्न अभिवाज्य राष्ट्र भएकाले यसको रक्षा गर्नु सबैको कर्तव्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “राजनीतिक, सामाजिक, आर्थिक लगायतका उद्देश्य प्राप्तिका निम्ति शान्तिपूर्ण र लोकतान्त्रिक बाटोबाट अघि बढन सहमत छु भनेर राउतले हस्ताक्षर गरेका छन् ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ फागुन । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन तोलामा १७ सयले

काठमाडौँ, १८ फागुन । पछिल्लो समय अर्थतन्त्र चलायमान भएर सकारात्मक  परिसूचक  देखापर्दै  गर्दा  बैङ्क  तथा  वित्तीय  संस्थाको कर्जा प्रवाह ह्वात्तै

काठमाडौँ, १८ फागुन । नेपाल राष्ट्र बैंकले आज मंगलबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

काठमाडौँ, १७ फागुन । आज सेयर बजारमा ४०.६४ अंकको सुधार देखिएको छ । योसँगै सेयर बजारले पुनः २५ सय अंक

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021