सरकारले एक वर्षमा कम्तिमा पाँच लाख रोजगारी सिर्जना गर्नुपर्छ : अध्यक्ष थापा

कञ्चनपुर, २५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष अध्यक्ष कमल थापाले वर्तमान सरकारले बेरोजगारी समस्या समाधानका लागि अल्पकालीन तथा दीर्घकालीन कार्ययोजना ल्याउनुपर्ने माग गर्दै वर्षमा कम्तिमा पाँच लाख रोजगारी सिर्जना गर्ने गरी दीर्घकालीन आर्थिक विकासका योजना सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

मेची महाकाली अभियान क्रममा कञ्चनपुर पुग्नु भएको राप्रपा अध्यक्ष थापाले आज महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै उहाँले आगामी केही महिना भित्रै मुलुकमा राजनीतिक अस्थिरता र अराजकताको स्थिति सृजना हुन सक्ने सम्भावना रहेको दावी गर्नु भएको छ ।

सङ्गठित रुपमा लोभलालच देखाएर र भ्रम सिर्जना गरेर जबर्जस्ती धर्म परिवर्तन गराउने कार्य नियन्त्रण गरिनुपर्ने, धर्म परिवर्तनमा संलग्न गैरसरकारी संस्थालाई बन्द गरिनुपर्ने र गौ हत्या नियन्त्रण गरिनुपर्ने अध्यक्ष थापाको भनाइ थियो ।

मुलुकमा विकसित घटनाक्रम स्थिति गम्भीर बनाउँदै लगेको जिकिर गर्दै उहाँले विखण्डनकारी शक्ति मुलुकमा जल्दो वल्दो समस्याका रुपमा रहेको समेत बताउनु भयो । वर्तमान सरकारले चुनाव बेला पानी जहाजलाई मुख्य एजेन्डा बनाएको प्रति आपत्ति जनाउँदै उहाँले अहिलेको अवस्थामा पानी जहाज कुनै पनि हालतमा नचल्ने दावी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ फागुन । सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले  नेत्रविक्रम चन्द विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने बताउनुभएको छ

काठमाडौँ, १८ फागुन । प्रतिनिधिसभामा प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको अत्याधिक बहुमत हुने निश्चित भएको

काठमाडौँ, १७ फागुन । फागुन ११, १४ र १७ गतेको मन्त्रीपरिषद बैठकका ३२ वटा महत्वपूर्ण निर्णयहरु सार्वजनिक भएको छ । सञ्चारमन्त्रालयमा

काठमाडौँ, १७ फागुन । थप ७३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७४ हजार २ सय १६

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021