एजेन्सी, २५ फागुन । भारतको रिलाइन्स कम्पनीका अध्यक्ष मुकेश अम्बानीले छोरा आकाशको विवाह अघि मुम्बईका ५० हजार पुलिसलाई मिठाइको डब्बा पठाएका छन् ।
मुकेशका छोरा आकाश ९२८० मार्च ९ अर्थात् आज श्लोका मेहता ९२८० सँग विवाह गर्दैछन् । श्लोका हिरा व्यवसायी रसेल मेहता र मोना मेहताकी छोरी हुन् ।
उक्त मिठाईको डब्बामा लेखिएको छ, ‘आकाश र श्लोकाको विवाहको यो मौकामा हामीलाई तपाईंको आशिर्वाद र शुभकामनाको खाँचो छ ।’यो सन्देश नीता–मुकेश अम्बानी, ईशा–आनन्द र अनन्तको तर्फबाट पठाइएको हो ।
साथै मुकेश र निता अम्बानीले दुई हजार अनाथ बच्चा र ज्येष्ठ नागरिकलाई खाना खुवाएका छन ।