अबको महिला आन्दोलन क्षमताको विकास गर्दै प्रधानमन्त्री बन्ने हुनुपर्छ : मन्त्री अर्याल

काठमाडौँ, २४ फागुन । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा आर्यालले नेपालमा महिलाले लामो समय राजनीतिक आन्दोलनमा हुमिएर लोकतान्त्रीक गणतन्त्र स्थापना भएको बताउँदै अबको महिला आन्दोलन देशको कार्यकारी प्रधानमन्त्री बन्न सक्ने क्षमताको विकास गर्नुपर्ने बताउनुभएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का द्वय महिला संगठन अखिल नेपाल महिला संघ र अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले संयुक्त रुपमा ललितपुरमा आयोजना गरेको ‘१०९औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा ‘वर्तमान परिस्थितीमा र महिला समानता’ विषयक विचार गोष्ठिको क्रममा बोल्दै मन्त्री अर्यालले अवका दिनमा महिलाले समानुपातिक तथा आरक्षणमा नभई खुल्ला प्रतिपर्धामा जानुपर्नेमा जोड दिनुभयो ।

मन्त्री आर्यालले नेपालमा लामो समयसस्म भएको राजनीतिक आन्दोलनमा महिलाको भूमिका अतुलनिय रहेको भन्दै आन्दोलनबाट नै महिलाको हक र अधिकार स्थापीत भएको बताउनुभयो । उहाँले संविधानत स्थापीत भएको महिलाको हक र अधिकारीलाई कुशलतापूर्वक कार्यसम्पादन गरी आगामी दिनमा महिलाको भाग्य र भविष्यको बाटो निर्धारण गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री आर्यालले संविधानत राज्य तथा समाज महिला मैत्री भइसकेको जानकारी गराउँदै समय र माग अनुसार महिलाको आन्दोलन अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले दुई संगठनको एकता पछि देशमा महिलाको आन्दोलन अझ बढी विकसित, परिस्कृत हुँदै महिलाको मन र भावना अनुसार आर्थिक तथा सामाजिक समृद्धिको आन्दोलन हुनुपर्ने बताउनुभयो ।

पूर्वसभामुख ओनसरी घर्तीले सफलता र समृद्धि हासिल नै श्रमिक महिला दिवस भएको बताउँदै पुरुषवादी सोचका कारण अन्धविश्वास तथा कुरितीहरु मौलाएको बताउनुभयो । उहाँले संविधानत लैङ्गिक विभेदको अन्त्य भएको बताउँदै महिला कुरामा नभई काममा अग्रभागमा देखिनुपर्ने बताउनुभयो । उहाँले महिलाको उपस्थिती हुने स्थानको ग्यारेन्टी महिलाले नै गर्नुपर्नेमा समेत जोड दिनुभयो ।

त्यस्तै पूर्वसभामुख पूर्णकला सुवेदीले नेपालमा मात्र नभई विश्वमा नै महिला आर्थिक, सामाजिक, राजनीतिक रुपान्तरणको निम्ती महिला अब्बल स्थापीत भइसकेको बताउनुभयो । उहाँले सफलता, साहस तथा क्षमता प्रस्तुत गरी राज्यका नेतृत्वदायी स्थानमा पुग्नु नै महिलाको पहिचान भएको बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या समितिका सभापति जयपुरी घर्तीले राष्ट्र निर्माण तथा परिवर्तनमा महिला एक अभिन्न अंग भएको बताउनुभयो । उहाँले संविधानमा महिलाको हक र अधिकार स्थापीत भइसकेको र अव क्रमश क्षमता विकास भइरहेको बताउनुभयो ।

उहाँले देशमा अझै पनि पितृसतात्मक दृष्टिकोण यथावत रहेकाले यसको अन्त्य गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले संविधानलाई कानुन र कानुनलाई व्यवहारिकतामा परिणत गर्नुपर्ने भन्दै राज्यसत्ता परिवर्तन तथा समाजवादको आधार तयार पार्न महिलको भूमिका मूख्य हुनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै राज्यका निर्देशक सिद्धान्त, नीति र दाष्यित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापति निरादेवी जैरुले महिलको एजेण्डालाई स्थानीय तहदेखी नै एजेण्डाको रुपमा केन्द्रसम्म आउनुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय तहदेखि केन्द्रीय तहसम्म नै अध्यक्षले गरेको निर्णयलाई हस्ताक्षर गर्ने मात्र नभई महिलाको परिवर्तन तथा क्षमता विकास प्रस्तुत गर्ने अवसर आएको बताउनुभयो ।

नेकपाको स्थायी कमिटी सदस्य, नेकपा प्रदेश नं. ३ को इन्चार्ज तथा प्रदेश सदस्य अष्टलक्ष्मी शाक्यले नेपाल लगायतका मुलुकमा श्रमिक महिलाले अनैकौं प्रकारका विभेद् भोगिरहनु परेको बताउनुभयो । उहाँले महिला श्रमिकको भाग्य र भविष्य सुरक्षित हुने प्रकारको बाटोमा महिलाले मूख्य भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले व्यवस्था मात्र परिवर्तन भएर नहुने भन्दै समय, व्यवस्था अुनसार स्वयं आफु बदलिनुपर्ने बताउनुभयो । उहाँले देशमा विभिन्न प्रकारका हिंसा तथा वलत्कार जस्ता जघन्य अपराधिक कृयाकलाप तथा सामान्ती सोचका अवशेषहरुलाई अन्त्य गर्दै नविनतम सोचका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेकपाका नेता रामेश्वर फुयालले जन्मदेखि मृत्युसम्म नै महिलालाई विभेद् हुने गरेको बताउँदै छाउ गोठलाई कुनै पनि हालतमा भत्काउनुको कुनै विकल्प नभएको बताउनुभयो । उहाँले संविधानत प्रमुख र उपप्रमुख मध्येमा महिला एक अनिवार्य व्यवस्था हुनुले महिलाको हक र अधिकार स्थापनाको लागि अहिलेको अवस्थामा सगरमाथाको उचाई सरह उपलब्धी भएको दावि गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ फागुन । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा रहेका सम्पूर्ण राजनीतिक पार्टी तथा राज्यका हरेक तहमा

गलेश्वर, २४ फागुन । “मैले सात वर्षदेखि आधारभूत तह (कक्षा १–८) मा अङ्ग्रेजी विषय पढाउँदै आएकी छु, तर मेरो तलब सोही

ललितपुर, २४ फागुन । ललितपुरको महाँकाल गाउँपालिका र काभ्रेको बेथानचोक गाउँपालिकाले अन्तरपालिका सहकार्य तथा समन्वय गर्ने भएका छन् । दुबै

भक्तपुर, २४ फागुन । सूर्यविनायक नगरपालिका वडा नं. २ साविक बालकोट गाउँ विकास समिति वडा नं. १ मा रहेको कित्ता

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021