काठमाडौं, २४ फागुन । प्रदेश राजधानी वीरेन्द्रनगरमा शुक्रबारदेखि सुरु भएको क्यान इन्फोटेकमा नेपाली वैज्ञानिकले बनाएको रोबोर्टले रिबन काटेर उक्त मेलाको उद्घाटन गरेको छ ।
कम्प्यूटर एशोसियसन नेपाल (क्यान) महासंघ सुर्खेत शाखाद्वारा आयोजित क्यान इन्फोटेकमा रोबोर्ट हेर्नेहरुको भीड लागिरहेको छ ।
मेलामा आईसिटी कन्फ्रेन्स, आईटी वर्कसपहरु, डिजिटल कर्णालीका लागि स्मार्ट प्रविधि विषयमा सेमिनार जस्ता कार्यक्रमहरु सञ्चालन भइरहेका छन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश डिजिटल प्रदेश बन्नेमा आशा पलाएको बताएका छन् । कर्णाली प्रदेश सरकारले यस प्रदेशलाई डिजिटल प्रदेशको रुपमा विकास गर्ने कार्य अघि बढाएको बताएका छन ।