एजेन्सी, २४ फागुन । भारतको राजस्थानस्थित विनाकर जिल्लामा मिग-२१ नामक लडाकू जेट विमान दुर्घटनाग्रस्त भएको छ ।
उडानका क्रममा शुक्रबार भारतीय वायु सेनाको उक्त विमान राजस्थानबाट १२ किलोमीटर टाढा शोभासरको ढाणीमा दुर्घटना भएको जनाएको छ ।
भारतीय सेनाका प्रवक्ता सोंबित घोषका अनुसार विमान दुर्घटना भएपनि चालक भने सफलतापूर्वक अवतरण गरेको जानकारी दिएका छन ।
घटना स्थलमा प्रहरी पुगिसकेको र थप अनुसन्धान भैरहेको जनाइएको छ ।