राष्ट्रपति भण्डारीद्वारा समाजसेवी किसलाल महर्जन सम्मानित

काठमाडौं, २४ फागुन । बलराम प्यासी । राष्ट्रपति विद्यादेवी भण्डारीले श्री दक्षिण वाराही इँटा उद्योग तथा ओमश्री मच्छिन्द्रनाथ इँटा उद्योगका संस्थापक अध्यक्ष एवम् समाजसेवी किसलाल मर्हजनलाई सम्मान गर्नुभएको छ ।

गोरखाको प्रशिद्ध मनकामना मन्दीरको जिर्णाेद्धार गर्दा आवश्यक पर्ने सम्पूर्ण पुरातात्विक महत्वका माँ अप्पा, दाँचि अप्पा लगायत परम्परागत इँटाहरु सहयोग गर्नुभएका समाजसेवी महर्जनलाई राष्ट्रपति भण्डारीले मनकामना मन्दीर परिसर गोरखामा विहीबार आयोजित एक विशेष समारोहमा सम्मान गर्नुभएको हो ।

मनकामना मन्दीर जिर्णाेद्धार समितिले मन्दीरको जिर्णाेद्धार सम्पन्न भएको तथा दशकर्म पुजाको अवसरमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले समाजसेवी महर्जनलाई खादा लगाई ताम्रपत्र दिएर सम्मान गर्नुभएको थियो ।

सरकारबाट प्राप्त ४ करोड रुपैयाँ र जनस्तर तथा विभिन्न व्यक्ति तथा संस्घसंस्थाबाट चन्दा संकलनबाट संकलित थप १० करोड गरि १४ करोड रुपैयाँको लागतमा तीनवर्षको अवधिमा मनकामना मन्दीरको जिर्णाेद्धार सम्पन्न गरिएको हो । मन्दीरमा १८ किलो सुनको जलप लगाइएको निर्माण समितिले जनाएको छ ।

सम्मान ग्रहणका लागि समाजसेवी महर्जनको साथै उहाँकी धर्मपत्नि न्हुच्छेमाया, चारजना छोराहरु नाति महर्जन, तिर्थलाल महर्जन, हिराकाजी महर्जन र विक्की महर्जनका साथै चारजना बुहारी र तीनजना छोरीहरु यमाया महर्जन, सानुमाया महर्जन र कृष्णमाया महर्जनका साथ मनकामना मन्दीर गोरखा पुग्नुभएको थियो । त्यहाँ महर्जन परिवारले लाखबत्ति बाल्नुका साथै दशकर्म पुजामा सहभागी भएका थिए ।

ललितपुर महानगरपालिका वडा नं ९ गछेंटोलमा ८६ वर्षअघि जन्मिनुभएका समाजसेवी महर्जनले यसअघि सोही टोलमा सुर्यविनायक मन्दीर, ज्यापु प्रज्ञा भवन, शंखमुलस्थित श्री चामुण्डामाई मन्दीर, शंखमुलको मसानघाट, दधिकोट भक्तपुरको श्री दक्षिण वाराही मन्दीर, पोखराको किराँतेश्वर महादेव मन्दीर, कोटेश्वरको मुनिभैरव मन्दीर, काठमाडौं महानगर ३१ वडा यतापौ टोलको यतापौ पाटी निर्माण तथा जिर्णाेद्धार कार्यमा नगद तथा परम्परागत इँटा सहयोग गर्नुभएको थियो ।

परम्परागत नेवारी धिमे बाजा तथा खीं बाजाका गुरु महर्जनले २० वर्षको अन्तरालमा पाँचसय भन्दा बढी महिलालाई ती दुबैथरी बाजा बजाउन पोख्त बनाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, १२ फागुन । चितवनको इच्छाकामना गाउँपालिका–६ पाँचकिलोस्थित सडकमा एचआर ३८ भी २०२१ नम्बरको भारतीय डिब्बा ट्रकमा ग १२ प

काठमाडौँ, १२ फागुन । नेपालमा आजसम्म ४ लाख २९ हजार ७०५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य सेवा

दाङ, १२ फागुन । दाङमा कोइलाखानीमा पुरिएर एक जना मजदुरको मृत्यु भएको  छ । घोराही उपमहानगरपालिका १९ राम्चेमा कोइला निकाल्दै

काठमाडौँ, १२ फागुन । लुकाइछिपाइ अवैधरुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको २६ हजार ३१० अमेरिकी डलरसहित एक जना बेलायती नागरिकलाई प्रहरीले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021