काठमाडौं, २४ फागुन । फिल्म ‘क्याप्टेन’को तेश्रो गीत सार्वजनिक भएको छ ।
फिल्म रिलिज भएको एक सातापछि ‘सक्दिनँ कि बाँच्न’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा सुमन केसी र दिपा लामाको स्वर, दिग्गज धौरालीको शब्द, अर्जुन पोखरेलको संगीत छ ।
विराज गहतराजको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन रहेको गीतको भिडियोमा नायक अनमोल केसी, नायिकाद्धय उपासना सिंह ठकुरी र प्रियंका एमभीको अभिनय रहेको छ ।
दिवाकर भट्टराइको निर्देशनमा तयार भएको यो चलचित्रलाई भूवन केसीले निर्माण गरेका हुन् ।
भिडियो