काठमाडौं, २४ फागुन । परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई हिसांको राजनीति परित्याग गर्न आग्रह गरेका छन् ।
शुक्रबार नेपाल पत्रकार महासंघले गु्ल्मीको सदरमुकाम तम्घासमा योजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले अदालतबाट दोषी ठहरिएका सांसद रेशम चौधरीका विषयलाई दिएर राष्ट्रिय जनता पार्टीलाई हिसांको बाटो गलत भएको भन्दै तुरुन्त त्यो बाटो परित्याग गर्न समेत आग्रह गरेका हुन ।
उनले भने, ‘सम्मानित अदाललको आदेशलाई पालन गर्नुपर्छ, हामीले न्यायलयको स्वतन्त्र भूमिका चाहन्छौँ र संविधानले पनि त्यही भूमिका दिएको छ ।,’ ‘चित्त नबुझे पुनारावेदन जाने ठाउँ छँदैछ । तर, अदालतले जुन फैसाला गरेको छ त्यसलाई पालना गर्नुपर्छ । अनावश्यक रुपमा प्रतिकृयात्मक नहुन म राजापा नेपाललाई अनुरोध गर्दछु, यसमा धेरै रियाक्टिभ हु्न जरुरी छैन ।’
१० बर्षे जनयुद्धले १७ हजार मानिसको ज्यान लिएको स्मरण गर्दै उनले सिमित ब्यक्ति वा समु्हको आत्मातुष्टिका लागि रोजिएका हिंसाका बाटाहरु किमार्थ पनि उचित नभएको भन्दै बिशेषतः युवाहरुलाई वाहवमा नलाग्न अनुरोध गरे । उनले भने, अहिले सरकार आक्रामक छैन पहिले आग्रह गर्दछौँ । यदी आग्रहलाई वेवास्था गरि ध्वंसात्मक गतिविधिहरु भए त्यो सरकारलाई मान्य हुने छैन ।’