नेपाल सरकार र सिके राउतबीच ११ बुँदे सहमति

काठमाण्डौ, २४ फागुन ।  नेपाल सरकार र सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति भएको छ ।

मधेस र देशमा देखिएको मतभेदको समाधान जन अभिमतमा आधारित लोकतान्त्रिक विधिमार्फत समाधान गर्ने ११ बुँदे सहमति भएको हो ।

राष्ट्रियसभागृहमा भएको राजनीतिक सहमति घोषणा कार्यक्रममा सरकारको पक्षबाट गृहमन्त्री रामबहादुर थापा बादल र गठबन्धनका संयोजक सिके राउतले ११ बुदे सहमति पत्रमा हस्ताक्षर गरेका छन ।

सीके राउतले अखण्ड नेपाल स्वीकार गरेपछि सहमतिपत्रमा हस्ताक्षर हुन पुगेको हो । स्वतन्त्र मधेस गठबन्धनका नेता कार्यकर्तामाथि लगाइएको मुद्धाहरु फिर्ता लिने र पक्राउ परेकाहरुलाई निशर्त रिहा गरिने सहमति भएको छ ।

गएको भदौ १५ मा प्रहरी हिरासतमा मृत्यु भएका आफ्ना कार्यकर्ता राममनोहर यादवको परिवारलाई उचित क्षतिपूर्ति र परिवारका एक जनालाई रोजगारी दिने र आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार सरकारले ब्यहोर्ने सहमति भएको छ ।

सहमतिका बुँदा
. मुलुकको स्वाधीनता स्वीकार्ने
२. लोकतान्त्रिक प्रक्रियाबाट समस्या समाधान गर्ने
३. असन्तुष्टि समाधान गर्ने
४. सरकारले सिके राउतको संगठनको मुद्दा फिर्ता लिने
५. सिके राउतको संगठनले निकालेका किताब, गीत तथा अन्य प्रचार सामग्री प्रयोगमा नल्याउने
६. आइन्दा विखण्डनवादी क्रियाकलाप नगर्ने

७. संविधानको भावनाअनुसार राजनीतिक मूलधारमा आउन सक्ने
८. गएको भदौ १५ गते बाँकेमा मारिएका राम मनोहर यादवको परिवारलाई क्षतिपूर्ति र उनका परिवारका सदस्यलाई सरकारले रोजगारीको व्यवस्था गर्ने
९. घाइतेहरुलाई उपचार गर्ने
१०. सिके राउतको संगठनका कार्यकर्तामा भएको सिपलाई राष्ट्रको हितका लागि उपयोग गर्ने
११. सहमति आजैबाट लागू हुने

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला सशक्तीकरणको लागि सबैको हातेमालो आवश्यक रहेको बताएका छन् ।   आज

काठमाडौँ, १६ चैत । आगामी १० वर्षमा १० हजार मेगावाट खरिद गर्ने दीर्घकालीन सम्झौता गरेको भारतले नेपाललाई दबाबमा राख्दै सर्तसहित

काठमाडौँ, १५ चैत । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर लालकिल्ला स्थापित गर्नुपर्ने बताएका छन् । एमाले झापाको

काठमाडौँ, १५ चैत । सरकारले विभिन्न मुख्य पाँच निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको धारा ५३