एजेन्सी, २४ फागुन । मेक्सिकोको दक्षिणी क्षेत्रमा भएको सवारी दुर्घटना हुँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ ।
अधिकारीहरुका अनुसार मध्य अमेरिकी आप्रवासीहरु बोकेको ट्रक बिहीबार दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको र ३२ जना घाइते भएको जनाएका छन् ।
छिमेकी मुुलुक ग्वाटेमालासँगको सीमा क्षेत्रमा पर्ने चियापास राज्यमा तीव्र गतिमा रहेको ट्रक सडकमा पल्टिएको थियो । उक्त ट्रकमा झण्डै ८० जना यात्रु रहेका थिए । घटनामा परी घाइते भएकाहरुलाई उपचार गराइएको छ ।
गत वर्ष अक्टोबरमा करिब सात हजार मानिस मेक्सिको हुँदै मेक्सिको–अमेरिकासँगको सीमावर्ती सहर तिजुआना पुगेका थिए ।