काव्यका विज्ञान शिक्षक लामाको ‘सपनाभरी……’

काठमाडौं, २४ फागुन । काव्य स्कूल नयाँबानेश्वरमा विज्ञान विषयको अध्यापन गर्दै आएका पुराना शिक्षक दिलिप लामाले महाशिवरात्रीको दिन (गत सोमबार) युट्युब मार्फत एउटा अनप्लग भिडियो सार्वजनिक गरेका छन ।

‘सपनाभरी साथ म पाउँछु, विपना रित्तै छ
आँसुका धारा अविरल बगे, सिरानी भिजेछ…’

विमला अधिकारीको रचना तथा राजेशकुमार श्रेष्ठको संगीत रहेको सो गीत म्युजिक पार्क स्टुडियो पुतलीसडकमा रेकर्ड गरि इन्डोर भिडियो बनाइएको हो । ‘कोठाभित्र सांगितिक माहौलमा रेकर्ड गरि युट्युबबाट ‘अनप्लग भिडियो’ सार्वजनिक गरिएको हो’—गायक लामाले भने ‘यो अनप्लग भिडियो, लिरिकल र म्युजिकल भिडियोभन्दा फरक हो ।’

काव्य स्कूलको जुनसुकै औपचारिक कार्यक्रममा शिक्षक गायक लामाले दुई÷चारवटा गीत गाएर विद्यार्थी, शिक्षक अभिभावक र अतिथिलाई मनोरञ्जन दिँदै आएका छन ।

आधुनिक र प्रेम वियोगका एकदर्जन गीत गाईसकेका शिक्षक लामाले पहिलो स्वदेश गान ‘हामी एउटै पँधेरीका.’ गाएर २०७० सालको राष्ट्रव्यापी गायन प्रतियोगितामा पहिलो भएपछि गायनतिर होमिएका थिए । त्यसपछि उनले गाएको गीत ‘मैले नाम बदल्न सकें’ चर्चामा रहेको गीत हो । उनले गीत गाउन थालेको ५ वर्ष भइसकेकता पनि आफैंले गीत भने लेखेका छैनन ।

पेशाको रुपमा नभई शोखको रुपमा गाउन थालेका गायक लामाले गीत गाएवापत कहिलेकाँही पारिश्रमिक पनि पाउन थालेका छन । फुर्सदको समयमा गायन विधालाई अलि निखार्ने हो भने गायनमा उनको भविष्य उज्ज्वल रहेको काव्य स्कुलका निर्देशक रिजन खड्का बताउँछन । उनी २०६३ सालदेखि शिक्षण पेशामा छन् । –बलराम प्यासी

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कञ्चनपुर, १३ फागुन । कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ भगतपुरमा डेरा गरी बस्ने एक विद्यार्थीको आज छतबाट लडेर मृत्यु भएको छ ।  मृत्यु

वीरगञ्ज, १३ फागुन । स्रोत नखुलेको २५ लाख ३५ हजार रुपैयाँसहित दुईजना भारतीय नागरिकलाई बाराबाट प्रहरीले पक्राउ गरेको छ ।

सिरहा, १३ फागुन । सिरहाको मिर्चैया नगरपालिका– ७ स्थित सामुदायिक वन क्षेत्रमा आज बिहान सडेको अवस्थामा एक महिलाको शव फेला

मकवानपुर, १३ फागुन । मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ नवलपुरमा ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु भएको छ । आज बिहान ना

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021