‘द कपिल शर्मा सो’ मा नीकिता चाण्डक अतिथी

काठमाडौँ, २३ फागुन । ‘कमेडी किंग’ कपिल शर्माको चर्चित कमेडी सो ‘द कपिल शर्मा सो’मा पूर्व मिस नेपाल नीकिता चाण्डकले भने कपिलको सोमा अतिथी बन्ने अवसर पाएकी छन् ।

उनले ‘द कपिल शर्मा सो’ का चर्चित कमेडियन किकु शारदा ९बच्चा यादव० सँगको एक तश्बिर इन्स्टाग्राममा पोस्ट गर्दै आफूलाई सोमा अतिथीको रुपमा निमन्त्रणा गरेकोमा धन्यवाद दिएकी छन् ।

नीकिताले लेखेकी छन्, ‘मलाई ‘द कपिल शर्मा सो’ मा बोलाएकोमा किकु शारदा सर धन्यवाद । फेरि एकपटक भेट्न पाएकोमा खुसी छु ।’

उनी २०१७ की मिस नेपाल हुन् । उनले डेब्यू फिल्मको रुपमा ‘रानी महल’ साइन गरेकी थिइन् । उनी विराजसँग काम गर्ने तयारीमा छिन् । ‘द कपिल शर्मा सो’ मा कुन उद्देश्य र उनी अतिथी भएको एपिसोड कहिले प्रशारण हुन्छ त्यो भने नीकिताले खुलाएकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक