काठमाडौं, २३ फागुन । गायकद्धय सत्य–स्वरुपराज आचार्यले निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला’का लागी गीत सावर्जनिक गरेको छ ।
‘युद्धको मैदान’ बोलको गीतमा सत्य र स्वरुपमको स्वर, शब्द र संगीत रहेको छ । फाउन्डेशनले बनाउन लागेको रंगशालाका लागि गीत उपहार दिदै उनिहरु उक्त अभियानमा जोडिएका हुन् ।
‘धुर्मुस सुन्तली फाउन्डेशन’ले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १५ स्थित रामपुरमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला’ निर्माण अभियान जारी रहेको छ ।