नेप्से परिसूचक ९ अंकले बढ्यो

काठमाण्डाै, २२ फागुन ।  बुधबार शेयर बजारको परिसूचक नेप्से ९ अंंकले बढेको छ ।

हिजो २ अंकले बढेको नेप्से परिसूचक बुधबार पनि सुधारिएसँगै ११ सय ११ दशमलव ७६ अंकमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज अनुसार सूचक बढे पनि कारोबार रकम भने सुधार नभएको जनाएको छ ।

आज सबैभन्दा धेरै एनसीसी बैकको १ करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ । २२ करोड २४ लाख ६६ हजार रुपैयाँ बराबरका ८ लाख २६ हजार कित्ता शेयर किनबेच भएको हो ।

बुधबार हाथवे फाइनान्स कम्पनी लिमिटेड र कन्चन डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले ८ प्रतिशत भन्दा धेरै कमाएका छन् भने घलेम्दी हाइड्रो लिमिटेडका लगानीकर्ताले साढे ६ प्रतिशत गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ कार्तिक । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ

काठमाडौँ, १७ कार्तिक । काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी गैरकानुनी रूपमा बसोबास गर्दै आएका पाँच जना विदेशी नागरिकलाई सशस्त्र प्रहरी बलले

काठमाडौँ, १७ कार्तिक । डोल्पामा गम्भीर अवस्थामा रहेकी एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको छार्काताङसोङ

काठमाडौँ, १७ कार्तिक । काठमाडौँको सुन्दरीजलमा गए राति दुई मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । काठमाडौँ