दक्षिणकालीका विद्यार्थीलाई न्यानो लुगा

काठमाडौँ, २२ फागुन । दक्षिणकाली नगरपालिका ८ छैमलेस्थित श्रीकृष्ण माविमा अध्ययनरत ३० जना विपन्न विद्यार्थीलाई हङ्कङबाट उपहारमा आएको न्यानो लुगा वितरण गरिएको छ ।

नेपाल अष्ट्रेलिया फ्रेण्डशिप एशोसियसन (नाफा)का अष्ट्रेलियन सदस्य इ. डेविड एन. ब्राउनले नेपाल आउने क्रममा हङ्कङबाट ति न्यानो लुगासंकलन गरेर ल्याउनुभएको थियो ।

हङ्कङबाट संकलन गरि ल्याएको न्यानो लुगाहरु डेविडले विनायक शिक्षा निकेतन सेकेण्डरी स्कुल मध्यपुर थिमीका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिलाई वितरण गर्न भनेर छोडेर जानुभएको थियो ।

प्रिन्सिपल पजापति मार्फत श्रीकृष्ण मावि छैमलेका प्रधानाध्यापक अमृतमान श्रेष्ठलाई हस्तान्तरण गरिएको ती न्यानो लुगाहरु म्ांगलबार विद्यार्थीहरुलाई वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ भने अर्का साइकलयात्री घाइते भएका छन् । प्रहरीका

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय