झापा गोल्डकपमा आज एपिएफ र आर्मी क्लब भिड्दै

झापा, २१ फागुन ।  झापा गोल्डकपको सेमिफाइनल प्रवेशका लागि आज सशस्त्र प्रहरी एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब भिड्दै छ ।

मंगलबार बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेल हुने आयोजकले जनाएको छ।

सोमबार भएको खेलमा हङकङ नेप्लिज एकाडेमीलाई आयोजक घरेलु टोली झापा–११ले १–० गोल अन्तरले राजित गर्दै चौथो संस्करणको झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

झापाले सेमिफाइनलमा नेपाल प्रहरी र थ्री स्टार क्लबबीच हुने खेलका विजेता टिमसँग भिड्नेछ । फागुन २७ सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कुनै सम्झौता गर्न अमेरिकालाई आवश्यकता नरहेको बताएका छन् । आफ्नो सामाजिक

धनगढी, २७ कार्तिक । कैलालीको धनगढीमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते

काठमाडौँ, २७ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २७ कार्तिक । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । Fixed by Nepal Rastra Bank