शिवरात्रीमा ग्रामरका स्काउटको सेवा

काठमाडौँ, २१ फागुन । हिन्दु धर्मावलम्वीहरुको अर्काे ठुलो पर्व महाशिवरात्रीको अवसरमा सोमबार कोटेश्वर महादेवस्थान मन्दीरमा लागेको धार्मिक मेला व्यवस्थापन गर्न ग्रामर पब्लिक स्कूल अन्र्तगतको ग्रामर स्काउट ट्रुपका ५ दर्जन स्काउट खटिए ।

विद्यालयका स्काउट गुरु एवम् जिल्ला स्काउट भक्तपुरका समन्वय आयुक्त शिवकुमार त्वायनाको नेतृत्वमा विहान ७ देखि दिउँसो २ बजेसम्म अलग अलग २ समूहमा स्काउटहरु खटिएका थिए ।

स्काउटहरुले दर्शनार्थीहरुको सेवा सुविधाका लागि लाइन व्यवस्थापन, जल प्रसाद वितरण तथा मन्दीर हातामा भएको फोहोर व्यवस्थापन तथा आवश्यक पर्ने भक्तजनका लागि प्राथमिक उपचार समेतको व्यवस्था गरेको थियो ।

ग्रामर स्काउट ट्रुपमा आवद्ध स्काउटहरुले कोटेश्वर महादेव मन्दीरमा लाग्ने महाशिवरात्री मेलादेखि सरस्वती पुजा, तिजलगायतमा स्वयमसेवा गर्दै आएका छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । यही कात्तिक १७ र १८ गते सबै क्षेत्रका गरी २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने तयारी भइरहेको

पोखरा, ९ कार्तिक । पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पोखरा २९ आदर्शचोकमा मोटरसाइकलले ठक्कर दिँदा ६१ वर्षीय

कपिलवस्तु, ९ कार्तिक । शिवराज नगरपालिका २, हल्लानगरबाट लागूऔषध ब्राउन सुगरसहित एकजना महिला पक्राउ परेकी छन् । आफ्नै घरमा लागूऔषधको

काठमाडौँ, ९ कार्तिक । सुदूरपश्चिम प्रदेशमा दशैँका बेला हुने सवारी दुर्घटना बढेको पाइएको छ । गत वर्ष दशैँदेखि छठ पर्वसम्म