शिवरात्रीमा ग्रामरका स्काउटको सेवा

काठमाडौँ, २१ फागुन । हिन्दु धर्मावलम्वीहरुको अर्काे ठुलो पर्व महाशिवरात्रीको अवसरमा सोमबार कोटेश्वर महादेवस्थान मन्दीरमा लागेको धार्मिक मेला व्यवस्थापन गर्न ग्रामर पब्लिक स्कूल अन्र्तगतको ग्रामर स्काउट ट्रुपका ५ दर्जन स्काउट खटिए ।

विद्यालयका स्काउट गुरु एवम् जिल्ला स्काउट भक्तपुरका समन्वय आयुक्त शिवकुमार त्वायनाको नेतृत्वमा विहान ७ देखि दिउँसो २ बजेसम्म अलग अलग २ समूहमा स्काउटहरु खटिएका थिए ।

स्काउटहरुले दर्शनार्थीहरुको सेवा सुविधाका लागि लाइन व्यवस्थापन, जल प्रसाद वितरण तथा मन्दीर हातामा भएको फोहोर व्यवस्थापन तथा आवश्यक पर्ने भक्तजनका लागि प्राथमिक उपचार समेतको व्यवस्था गरेको थियो ।

ग्रामर स्काउट ट्रुपमा आवद्ध स्काउटहरुले कोटेश्वर महादेव मन्दीरमा लाग्ने महाशिवरात्री मेलादेखि सरस्वती पुजा, तिजलगायतमा स्वयमसेवा गर्दै आएका छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ भने अर्का साइकलयात्री घाइते भएका छन् । प्रहरीका

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय