अमेरिकामा तुफान : कम्तीमा २३ जनाको मृत्यु

एजेन्सी, २० फागुन । अमेरिकामा शक्तिशाली तुफान (टोर्नाडो)का कारणले कम्तीमा २३ जनाको मृत्यु भएको छ ।

बीबीसीका अनुसार साेमबार बिहान स‌ंयुक्त राज्य अमेरिकाकाे ली काउन्टीमा टोर्नाडोका कारण केही बालबालिकासहित कम्तीमा २३ जनाको ज्यान गएको र सङ्ख्या अझै बढ्न सक्ने जनाएको छ ।

त्यहाँका राष्ट्रिय माैसम विभागका अनुसार टोर्नाडो करिब एक किलोमिटर फराकिलाे बाटो बनाउँदै १ सय ६५ माइल प्रति घण्टाको रफ्तारमा चलेको थियो । उक्त तुफान (टोर्नाडो)ले कयौँ घर तथा भवन भत्किएका छन् । अहिले अधिकारीहरुले त्यो क्षेत्रमा जान निषेध गरेका छन् ।

ली कन्टीका स्थानीयले अहिलेसम्मकै शक्तिशाली तुफान भएको बताएका छन् । उद्धारकहरु अहिले पनि कतिपय क्षेत्रमा उद्धारको लागि खटिरहेका छन् । अल्बामा मेडिकल केन्द्रले बताए अनुसार ४० जना घाइतेहरुको उपचार भइरहेको छ र अझै सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको संविधान नेपाली जनताको दशकौँ लामो बलिदानी संघर्षको जगमा जननिर्वाचित

काठमाडौँ, २ असोज । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विदेशी चलखेलका कारण मुलुक ठुलो सङ्कटबाट गुज्रिरहेको बताएका

काठमाडौँ, २ असोज । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) ग्लोबल साउथका देशहरूको साझा

काठमाडौँ, २ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले नयाँ पुस्ताको विश्वास र समयको मागअनुसार कांग्रेसलाई अझ सशक्त र जनमुखी बनाउनुपर्ने