पाकिस्तानमा बाढीका कारण ६ जनाको मृत्यु : सयौं विस्थापित

एजेन्सी, २० फागुन । पाकिस्तामा परेको अविरल बर्षाका कारण बास्तविक तथ्याङ्क आइ नसकेता पनि कम्तिमा ६ जनाको मृत्यु भएको छ । त्यस्तै बाढी तथा डुवानका कारण सयौं मानिसहरु विस्थापित भएका छन् ।

करेन्ट लागेर वा बाढीका कारण भत्केका भवनका भग्नावशेषमा पुरिएर मृत्यु भएको छ । बाढीका कारण कैयौँ सडक तथा रेलका लिकहरू डुवानमा परेको छ । जसको कारण यातायात सेवा समेत अवरूद्ध बनेको छ ।

मृत्यु हुने अधिकांश महिला तथा बालबालिका रहेका छ । होचोस्थानमा रहेका वस्तीहरूमा डुवान भएको छ । डुबानको कारण घरहरू भत्केका छन् । वस्तीमा पानी पसेपछि भागेर सुरक्षित ठाँउमा पुगेका जनताहरू सयौँको संख्यामा खुला आकाशमूनि बस्न बाध्य भएका छन् ।

बालुचिस्तानमा मुसलधारे पानी र कतिपय उच्च पहाडी क्षेत्रमा हिमपात समेत भएका कारण यहाँको सामान्य जनजीवन प्रभावित बनेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । मौसमविद्हरूले नदी किनार र होचो वस्तीमा थप बाढी तथा डुवान हुनसक्ने चेतावनी दिँदै सुरक्षित स्थलतर्फ जान निर्देशन जारी गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको संविधान नेपाली जनताको दशकौँ लामो बलिदानी संघर्षको जगमा जननिर्वाचित

काठमाडौँ, २ असोज । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विदेशी चलखेलका कारण मुलुक ठुलो सङ्कटबाट गुज्रिरहेको बताएका

काठमाडौँ, २ असोज । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) ग्लोबल साउथका देशहरूको साझा

काठमाडौँ, २ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले नयाँ पुस्ताको विश्वास र समयको मागअनुसार कांग्रेसलाई अझ सशक्त र जनमुखी बनाउनुपर्ने