ओआईसीको घोषणापत्र : काश्मिरमा भारतीय बर्बरता उत्कर्षमा

काठमाडौँ, १९ फागुन । इस्लामिक राष्ट्रहरुको संगठन ओआईसीले जम्मु–कश्मिरमा भारतले आम नागरिकहरुमाथि बर्बरता उत्कर्षमा पुगेको निस्कर्ष निकालेको छ ।

ओआईसीका विदेशमन्त्रीहरुको यूएईमा सम्पन्न सम्मेलनले शनिबार जारी गरेको घोषणापत्रमा निर्दोष काश्मिरीहरुविरुद्ध भारतले जथाभावी बल प्रयोग गरेको भन्दै निन्दा गरिएको छ । ओआईसीको यस्तो घोषणापत्रले पाकिस्तानलाई प्रशन्न बनाएको छ भने भारतलाई क्षुब्द । ओआईसीमा ५७ वटा इस्लामिक राष्ट्रहरु आवद्ध छन् । पाकिस्तान यसको संस्थापक सदस्य हो ।

भारतका पाइलट फर्काइदिएकोमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानको प्रशंसा गरिएको छ । सम्मेलनको घोषणपत्रले भने पाकिस्तानको बचाउ गर्दै भारतको आलोचना गरेको छ । घोषणापत्रमा भारतविरुद्ध कडा शब्दहरु प्रयोग गरिएका छन् ।

उक्त सम्मेलनमा गेस्ट अफ अनरका रुपमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पनि भाग लिएकी थिइन् । शुक्रबार सम्मेलनलाई सम्वोधन गर्दै उनले पाकिस्तानलाई आतंकवादको आश्रयस्थलका रुपमा चित्रित गरेकी थिइन् ।

घोषणापत्रमा भनिएको छ, ‘जम्मु कश्मिरमा सन् २०१६ देखि भारतीय बर्बरताले उग्र रुप लिएको छ । त्यहाँ भारतीय आतंकवाद व्याप्त छ । नागरिकहरुलाई गैरकानूनीरुपमा थुनामा राख्ने र वेपत्ता पार्ने कम भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको संविधान नेपाली जनताको दशकौँ लामो बलिदानी संघर्षको जगमा जननिर्वाचित

काठमाडौँ, २ असोज । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विदेशी चलखेलका कारण मुलुक ठुलो सङ्कटबाट गुज्रिरहेको बताएका

काठमाडौँ, २ असोज । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) ग्लोबल साउथका देशहरूको साझा

काठमाडौँ, २ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले नयाँ पुस्ताको विश्वास र समयको मागअनुसार कांग्रेसलाई अझ सशक्त र जनमुखी बनाउनुपर्ने