हेब्रोन स्कुलको दिक्षान्तमा नाच्दै शिक्षक र अभिभावक…..

काठमाडौँ, १९ फागुन । सिसिआरसि कलेज सुर्यकोट, कोटेश्वरको जुनियर विङ्ग अर्थात हेब्रोन स्कुलमा अध्यनरत पुर्व प्राथमिक तहका विद्यार्थीहरुको चौथो दिक्षान्त शनिबार सम्पन्न भयो ।

संस्थागत विद्यालय सचालकहरुको मञ्च (फिजम) का उपाध्यक्ष एवम् भिमेश्वर एकेडेमी गोठाटारका संस्थापक प्रिन्सिपल अमृत कुमार खड्का, हेब्रोन स्कुलका प्रिन्सिपल अरुण कुमार कँडेल र अभिभावकहरुले पालैपालो युकेजीदेखि ३ कक्षासम्मका ७८ जना विद्यार्थीलाई कालो टोपी लगाईदिएर सुशोभन गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न जातजातिले लगाउने परम्परागत भेषभुषा प्रर्दशन गर्नुका साथै विभिन्न गीतमा नृत्य प्रस्तुत गरेका थिए । साना केटाकेटीहरुको प्रस्तुतिमा प्रमुख अतिथिदेखि विद्यालयका प्रिन्सिपल, शिक्षक र अभिभावकहरु सबैजना स्टेजमा गएर नाचेका थिए ।

त्यस अवसरमा फिजमका उपाध्यक्ष खड्काले वर्तमान सरकारले नीजि विद्यालयको योगदान चटक्कै बिर्सेर उनीहरुलाई बचाउँदै शिक्षा विकासको लागि चाल्नुपर्ने ठोस कदम चाल्न नसकेकोमा गुनासो गरे ।

प्रिन्सिपल अरुण कँडेलले समयको माग अनुसार सबै तहका विद्यार्थीहरुलाई पढाईको साथै अतिरिक्त कृयाकलापमो उत्तिकै जोड दिँदै आएको उल्लेख गर्दै पछिल्लो समयमा हेब्रोन स्कुलले जडिबुटी, नरेफाँट, सुर्यकोट र कोटेश्वरको मात्रै नभई अन्य ठाउँका अभिभावकहरुको ध्यान खिच्न सफल भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रौतहट, १२ भदौ । बाराको कलैया उपमहानगरपालिका–१४ लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटनामा परी जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको

काठमाडौँ, १२ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही

काठमाडाैँ, १२ भदाै । २०८३ साल भदौ १२ गते शुक्रबारको राशिफल । मेष : दिन राम्रो छ। यात्रा सहज बन्ने

काठमाडौँ, ११ भदाै । ओम नेपाल फाउन्डेसनले बाढी पीडितकाे सहयाेगकाे लागि सरकारले सञ्चालनमा ल्याएकाे खातामा ५० हजार सहयाेग गरेकाे छ