भक्तपुर, १८ फाल्गुन । राम चन्द्र प्रजापति । म्हसिका मालेगु झ्वलय पुस्तक विमोचन भएको छ ।
सिद्दिदास प्रतिष्ठान भक्तपुरको आयोजनामा तलेजु वेन्क्युट भक्तपुरमा आज एक कार्यक्रम गरि नरेन्द्र भक्त हाडाको म्हसिका मालेगु झ्वलयले नामको पुस्तक वाङय शताब्दी पुरुष सत्य मोहन जोशीले विमोचन गर्नु भएको छ ।
कार्यक्रमका जोशीले आफुलाई आफैले चिन्नु नै पहिचानको चिनारी भएको बताउनुभयो । आफ्नो मातृभाषालाई पहिला चिन्नु पर्ने बताउँदै जोशीले शिक्षा, कला, साहित्य, संस्कृति इत्यादिको पहिचान यो पुस्तकले प्रेरणा दिएको बताउनुभयो ।

उहाँले भाषा भएर पनि चलन चल्तिमा प्रयोगमा नभए भाषा लोप हुने बताउनुभयो । वर्तमान समयमा पाली भाषा संस्कृत भाषा लोप भएको कुरा उहाँले बताउनुभयो । उहाँले पहिचान विभिन्न किसिमका हुने भन्दै भक्तपुर दरवारस्वायरको सुनको ढोका अनि भुपतिन्द्र मल्लले नमस्कार गरेको शालिक अन्त कुनै ठाउँमा छैन्न यो पनि पहिचान चिनारी भएको बताउनुभयो । यो पहिचान भक्तपुरको मात्र नभई विश्वको युनेस्कोको सम्पदा रहेको समेत उहाँले बताउनु भयो ।

कार्यक्रमका अतिथि नेवा दे दबुका अध्यक्ष नरेश ताम्राकारले आदिवासी जनजातिको अधिकार उधारो हुने अन्य जातिको तुरुन्त हुने भएको संविधानले नेवारलाई अधिकारबाट वन्चित गरेको बताउनुभयो । ताम्राकारले नेवा स्वायत राज्यको समेत माग गर्नुभयो ।

भाषा आन्दोलनका अगुवा मल्ल के सुन्दरले नेवार जातिको समान अधिकार मात्र भएर नपुग्ने बताउँदै नेवार जाती आदिवासी भएकोले विशेष अधिकारको व्यवस्था गर्नु पर्ने बाउनुभयो । उहाँले हरेक समुदायको विकासको लागि आ आफ्नै अधिकार हुन्नु पर्नेछ बताउनु भयो । उहाँले नरेन्द्र भक्त हाडाले लेख्नु भएको म्हसिका मालेगु झ्वलयले पुस्तकमा नेवार जातिको आर्थिक सामाजिक सांस्कृतिक भाषिक राजनितिक लागाएत विशेष अधिकार विषयमा भएको चर्चा गर्नु भयो ।

वर्ल्ड नेवा अर्गनाइजेसन नेपाल च्याप्टरका अध्यक्ष शाक्य सुरेन, विराट नेपाल भाषा सहित्य सम्मेलन गुथिका पुर्व अध्यक्ष सहित्यकार त्रिरत्न शाक्य, नेपाल सहित्य मन्दिरका तिलक प्रसाद कायस्थ, सिद्दिदास प्रतिष्ठानका सचिव अमर रत्न ब्रजाचार्य, पुस्तक प्रकाशनमा विशेष योगदान गर्नु हुने महेन्द्र गोपाल कर्मचार्य, प्रदीप शाक्य लागाएतले विमोचन भएको पुस्तकको बारे चर्चा गर्नु भयो ।






