ट्रिटनको अभिभावक दिवस : उत्कृष्ट प्रहरी अधिकृत सम्मानित

काठमाडौं, १८ फागुन । नेपाल प्रहरी संगठनबाट गत जेठ र असारमा नगदसहित उत्कृष्ट प्रहरी अधिकृतको पुरस्कार पाएका कर्तव्यनिष्ट दुईजना प्रहरी अधिकृतलाई ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुल, सुविधानगर, तिनकुनेले अभिभावक दिवसको अवसर पारेर अभिनन्दन गरेकोे छ ।

महानगरीय प्रहरी प्रभाग कोटेश्वरका तत्कालिन प्रमुख तथा हाल महानगरीय दंगा नियन्त्रण प्रहरी गण त्रिपुरेश्वरमा कार्यरत प्रहरी निरीक्षक राजु लामा तथा कोटेश्वर प्रभागका तत्कालिन सह—इन्चार्ज तथा हाल महानगरीय प्रहरी वृत्त कमलपोखरीमा कार्यरत प्रहरी नायव निरीक्षक श्याममणी पोखरेललाई शनिबार विद्यालयले अभिनन्दन गरेको हो ।

नेपाल प्रहरी संगठनको नीति निर्देशन अनुसार इमान्दारिताका साथ कार्य सम्पादन गरी व्यवसायिक जिम्मेवारी निभाएवापत नेपाल प्रहरीले गत जेठ महिनामा प्रहरी निरीक्षक राज लामालाई नगद सहित उत्कृष्ट प्रहरी निरीक्षकको पुरस्कार तथा असार महिनामा सोही प्रभागका सह—इन्चार्ज प्रनानि श्याममणि पोखरेललाई नगदसहित उत्कृष्ट प्रहरी नायव निरीक्षकको पुरस्कारबाट पुरस्कृत गरेको थियो ।

ट्रिटन स्कुल÷कलेजका कार्यकारी अध्यक्ष विश्वनाथ प्रसाद शाह, प्रमुख अतिथि प्रा.डा कुमार कोइराला, विद्यालयकी भाइस प्रिन्सिपल ममता शाह, विद्यालयका निर्देशक राजन सुवेदी, महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख डिएसपि गाविन्दराज काफ्लेले टिका, खादा, अभिनन्दनपत्र तथा उपहार दिएर प्रहरी निरीक्षक लामा र प्रहरी नायव निरीक्षक पोखरेलको सम्मान गरेका थिए ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत समाजमा राम्रो काम गर्ने प्रहरी अधिकृतलाई जनस्तरबाट अभिनन्दन गर्नु विद्यालयको पनि दायीत्व हो भन्दै प्रहरी निरीक्षक लामा र प्रहरी नायव निरीक्षक पोखरेलले कोटेश्वर प्रभागमा कार्यरत रहँदा निभाएको महत्वपूर्ण जिम्मेवारीको उच्च कदर गर्दै अभिनन्दन गरिएको विद्यालयले जनाएको छ ।

नेपाल प्रहरीले विभिन्न मितिमा अघि सारेको प्रहरी मेरो साथी र टोलटोलमा प्रहरी कार्यक्रमलाई सफल पार्नुको साथै महानगरीय प्रहरी प्रभाग कोटेश्वरको प्रमुख भएर अहोरात्र खटिएका अनुशासित र स्वच्छ छविका प्रहरी निरीक्षक लामा र सह इन्चार्ज प्र.ना.नि. पोखरेलको इमान्दारिता र कर्तव्यनिष्ठता, विद्यार्थीहरुसंगको मित्रतालगायतको योगदानको उच्च सम्मानको कदर भएको विद्यालयले उल्लेख गरेको छ ।

नेपाल प्रहरीको सबै अभियानलाई सघाउ पुर्याउँदै आएको ट्रिटन स्कुलले हाल नेपाल प्रहरीले अघि सारेको समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई समेत साथ दिँदै आएको छ ।

कार्यक्रममा ट्रिटन स्कुल÷कलेजका कार्यकारी अध्यक्ष विश्वनाथ प्रसाद शाह,ले विद्यालयले विद्यार्थीको पढाईमा मात्रै होइन, खानपीन, तथा सरसफाईमा पनि उत्तिकै ध्यान दिँदै आएको बताए ।

महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख डिएसपि गाविन्दराज काफ्लेले आफ्ना छोराछोरीलाई बढी ध्यान दिन, सामाजिक सञ्जालको विकृति, साथी संगत र लागुऔषध दूरुपयोग लगायतका विषयमा अभिभावकहरुलाई सचेत गराए ।

अभिभावक दिवसको अवसरमा विद्यालयका वर्षभरीका उत्कृष्ट विद्यार्थीहरु तथा शिक्षकहरुलाई पुरस्कृत गरिएको थियो । विभिन्न वक्ताहरुले बोल्नुको साथै विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरेका थिए ।

पुरस्कृत भएका विद्यार्थीहरुमा प्रेशु श्रेष्ठ र रिशान्त पण्डीत, युनिका कार्की, अनिशा शिवाकोटी, सुदिप जंग खत्री, विपुल श्रेष्ठ, संस्कृति घिसिंग, साश्वत श्रेष्ठ, कृरिशा घिमिरे, अनिश शिवभक्ति, समानता शिवाकोटी, दिपशिखा थापामगर, आदित्य खत्री, आर्यन खड्का, शिवानी तिवारी, शुभव भट्ट, सुप्रिया बस्नेत, आर्य खत्री र आशिका बजगाई छन । उनीहरुले विभिन्न विधामा उत्कृष्ट भई पुरस्कृत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ भने अर्का साइकलयात्री घाइते भएका छन् । प्रहरीका

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय