पूर्वअर्थमन्त्री अधिकारीलाई अवस्था गंभिर : डा.द्वारा बचाउन कठिन रहेको जानकारी

काठमाडौँ, १८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता, पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको अवस्था गंभिर भएको छ ।

काठमाडौंस्थित ह्याम्स अस्पतालको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ । उहाँको १६ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार हुदै छ । अधिकारीको स्वास्थ्य अवस्था नाजुक रहेको ह्याम्स अस्पताल स्रोतले जानकारी दिएको छ ।

शनिबार अस्पतालमा पत्रकार सम्मेलन गर्दै अस्पताल प्रशासनले उनको स्वास्थ्य अवस्था एकदमै क्रिटिकल रहेको भन्दै शरीरका कुनैपनि अंगहरुले काम नगरेको समेत जानकारी दिएका छन् ।

अस्पताल प्रशासनले उहालाई बचाउन सक्ने अवस्था नरहेको समेत जानकारी दिएको छ । उहालाई कृतिम श्वासप्रश्वास दिएर बचाईएको ह्याम्सले जनाएको छ । अस्पताल स्रोतका अनुसार भारतबाट उनकी छोरी आउँदै गरेकोले भारत मोहनलाई कृतिम श्वास दिएको स्पष्ट पारेको छ ।

निमोनिया, श्वासप्रश्वास, मुटु लगायतका रोगबाट ग्रसित अधिकारीलाई विगत २ महिनादेखि अस्पतालमा भर्ना गरिएपनि स्वास्थ्य अवस्था झन जटिल बन्दै गएको हो ।

अस्पतालका डाक्टर हेमराज पनेरुले दिएको जानकारी अनुसार नेकपाका नेता तथा पूर्व अर्थमन्त्री अधिकारीलाई बचाउन कठिन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले सादा पोसाकका प्रहरी न्युज रुममा पुगेर सञ्चारकर्मीमाथि धरपकड गरेको घटनालाई

काठमाडौँ, १४ कार्तिक । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहिन परिवारलाई लालपुर्जा वितरण गरेको छ। समितिका अनुसार साविकको

काठमाडौँ, १४ कार्तिक । सरकारले मुलुकलाई क्षेत्रीय ‘मेडिकल हब’ का रूपमा विकास गर्ने उद्देश्यसहित चिकित्सा सेवा पर्यटन (मेडिकल सर्भिस टुरिजम) प्रवर्द्धनका

काठमाडौँ, १४ कार्तिक । नेपाली कांग्रेसका नेता तथा संसदीय दलका नेता भीष्मराज आङदेम्बेले समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्ने, सञ्चारमाध्यमको ढोकामा