धर्मको विषयमा जनमत सङ्ग्रह हुनुपर्छ, नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्छ : महामन्त्री कोइराला

गुल्मी, १७ फागुन । नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले धर्मको विषय जनमत सङ्ग्रह हुनुपर्ने भन्दै नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने बताउनभएको छ ।

गुल्मीको मुसिकोट नगरपालिका–७ स्थित महेन्द्र आदर्श माविको हिरक महोत्सव तथा श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञको पाँचौँ दिनको कार्यक्रमको उद्घाटन गर्दै डा। कोइरालाले सनातन वैदिक धर्मको भूमि भएकाले नेपाल धार्मिक स्वतन्त्रतासहित हिन्दू राष्ट्र हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “धर्मको विषयमा जनमत सङ्ग्रह गरिनुपर्छ र सबैको चाहनामा हिन्दू राष्ट्र घोषणा गरिनुपर्छ ।”

केही धर्मको नाम लिँदै उहाँले हिन्दूहरु धर्म संरक्षणमा जागरुक हुन आवश्यक रहेको बताउँदै महामन्त्री कोइरालाले नेपालमा धार्मिक अतिक्रमण भइरहेको आरोप लगाउनुभयो ।

विद्यालयमा प्राविधिक शिक्षाअन्तर्गत इञ्जिनीयरिङ कक्षा सञ्चालन गर्ने उद्देश्यले सञ्चालन गरिएको श्रीमद्भागवत धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञमा भाष्कर कमलनयन गौतमले प्रवचन दिइरहनुभएको छ । हालसम्म झण्डै रु चार करोड सङ्कलन भइसकेको छ । महोत्सव यही फागुन २१ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले सादा पोसाकका प्रहरी न्युज रुममा पुगेर सञ्चारकर्मीमाथि धरपकड गरेको घटनालाई

काठमाडौँ, १४ कार्तिक । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहिन परिवारलाई लालपुर्जा वितरण गरेको छ। समितिका अनुसार साविकको

काठमाडौँ, १४ कार्तिक । सरकारले मुलुकलाई क्षेत्रीय ‘मेडिकल हब’ का रूपमा विकास गर्ने उद्देश्यसहित चिकित्सा सेवा पर्यटन (मेडिकल सर्भिस टुरिजम) प्रवर्द्धनका

काठमाडौँ, १४ कार्तिक । नेपाली कांग्रेसका नेता तथा संसदीय दलका नेता भीष्मराज आङदेम्बेले समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्ने, सञ्चारमाध्यमको ढोकामा