एञ्जल लर्डमा वृहत विज्ञान प्रदर्शनी शुरु

काठमाडौँ, १७ फागुन । एञ्जल लर्ड एकेडेमी कोटेश्वरको आयोजनामा सो विद्यालय हातामा दुईदिने वृहत् विज्ञान प्रदर्शनी शुरु भएको छ । भोलि शनिबारसम्म चल्ने उक्त प्रदर्शनीमा विद्यार्थीहरुले बनाएका विज्ञान र प्रविधी सम्बन्धि एक सयवटा भन्दा बढी स्टलमा विविध सामग्री तथा उपकरणहरु राखिएको छ ।

दुईदिने उक्त प्रदर्शनीको पूर्वपरराष्ट्रमन्त्री तथा कोटेश्वर वहुमुखी क्याम्पसका पूर्वअध्यक्ष महेन्द्र बहादुर पाण्डेले एक समारोहकाबीच उद्घाटन गरे ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वमन्त्री पाण्डेले विद्यार्थीलाई व्यवहारिक रुपमै सक्षम पार्न विद्यालयले गरेको योगदानको प्रशंसा गरे । विद्यालयका प्रिन्सिपल टंक लिम्बुले आफ्नो विद्यालयले विद्यार्थीलाई शिक्षाको साथै विभिन्न अतिरिक्त कृयाकलापमा उत्तिकै जोड दिएको बताए ।

प्रर्दशनीमा रोबोटिक्स तथा अटोमेशन कक्षामा सहभागी हुने कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरुको सहभागिता रहने सो प्रदर्शनीमा रोबर्ट सम्बन्धि विभिन्न उपकरण, होम सेक्युरिटी प्रणाली, भुकम्पीय सुचक, अग्नि सुचक, पानीको सतह मापन यन्त्र, विधुत सम्बन्धि स्वचालित उपकरण, अटो मोबाईलसँग सम्बन्धी उपकरणहरुको नमुनाहरु साथै स्मार्ट सिटिको नमुना विशेष आकर्षण रहने विद्यालयको अतिरिक्त कृयाकलाप संयोजक टेकेन्द्रराज चेमजोंगले बताए ।

प्रदर्शनीमा नृत्य क्लबका भाईबहिनीहरुले सांस्कृतिक नृत्य प्रस्तुत गर्ने छन भने म्युजिक क्लबका भाईबहिनीहरुले विविध गीत संगीतहरु प्रस्तुत गर्ने छन । उनीहरुले नेपाली लोक बाजागाजाहरुको प्रयोग भएको लोक अर्केष्ट्रा समेत प्रस्तुत गरेकाछन ।

त्यसैगरी आर्ट क्लबका भाईबहिनीहरुले विविध किसिमका प्रयोगात्मक चित्रकलाहरुको प्रदर्शनको त्यसका अतिरिक्त नेपाली मौलिक भेषभुषा प्रदर्शनीका साथै मौलिक नेपाली खानाहरुको प्रदर्शनी र बिक्रीको लागि स्टल समेत गरिएको छ ।

मौलिक खाना विक्रीबाट प्राप्त रकमको १० प्रतिशत रकम च्यारिटीमा खर्च गरिने संयोजक चेमजोंगले बताएका छन । प्रर्दशनीको अर्को आकर्षक थ्रीडी मुभी रहने छ । सामाजिक क्लबका विद्यार्थीहरुको सक्रियता संचालन गरिने उक्त मुभी शोबाट संकलन भएको सम्पूर्ण रकम सामाजिक सेवामा खर्च गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ भदौ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले विपद्को समयमा नेपाल रेडक्रस

काठमाडौँ, १४ भदाै । विनाशकारी बाढी र पहिरोका कारण ठूलो मानवीय र भौतिक क्षति बेहोरिरहेको नेपाललाई सहयोग गर्न चीन सरकारले

काठमाडौँ, १४ भदौ । नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने भएको छ । कांग्रेस संसदीय दलका अनुसार भोली बिहान ११

काठमाडौँ, १४ भदौ । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको क्षेत्रमा वाग्मती प्रदेश सरकारले उद्धार, राहत र