एजेन्सी, १७ फागुन । इरानको राजधानी तेहरानमा बस दुर्घटना हुदा आठ जनाको मृत्यु भएको भने अन्य ३६ जना घाइते भएका छन् ।
इरानी समाचार संस्था इस्नाका अनुसार शुक्रबार बिहानै करमान सहरबाट आएको बस तेहरान–क्वूम राजमार्गमा यात्रुबाहक बस पल्टिदा आठ जनाको मृत्यु भएको हो ।
उक्त दुर्घटना बसका चालक निदाएका कारण स्थानीय प्रहरीले जनाएको छ ।





