लादेनका छोराको बारेमा सूचना दिनेलाई १० लाख डलर पुरस्कार

एजेन्सी, १७ फागुन । अमेरिकाले आतंकवादी संगठनका नेता ओसामा बिन लादेनका छोरा हमजा बिन लादेनको बारेमा सूचना दिनेलाई १० लाख डलर (करिब ११ करोड रुपैयाँ) पुरस्कार दिने घोषणा गरेको छ ।

अमेरिकी गृह मन्त्रालयले हमजालाई अलकायदाको प्रमुख नेताको रुपमा चित्रण गर्दै उक्त घोषणा गरेको हो । अमेरिकी विशेष बलले सन् २०११ मा पाकिस्तानको एबटाबादमा ओसामा बिन लादेनको हत्या गरेको थियो ।

पछिल्ला वर्षमा हमजाले थुप्रै भिडियो रिलिज गरेका छन् जसमा उनले आफ्ना पितालाई मार्ने अमेरिका र उसका पश्चिमी सहयोगीहरुसँग बदला लिनका लागि समर्थकहरुलाई एकजुट हुन आह्वान गरेका छन् ।

उनि ३० वर्षका छन् । अमेरिकाले उनलाई दुई वर्ष अगाडि नै आतंककारी घोषणा गरेको थियो । हमजाले मोहम्मद अताकी छोरीसँग बिहे गरेका छन् । मोहम्मद अता उनै हुन् जसले २००१ को हमलामा चार व्यवसायिक बिमानमध्ये एउटा अपहरण गरेका थिए र त्यसले न्यूयोर्कको वल्र्ड ट्रेड सेन्टरमा आक्रमण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको संविधान नेपाली जनताको दशकौँ लामो बलिदानी संघर्षको जगमा जननिर्वाचित

काठमाडौँ, २ असोज । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विदेशी चलखेलका कारण मुलुक ठुलो सङ्कटबाट गुज्रिरहेको बताएका

काठमाडौँ, २ असोज । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) ग्लोबल साउथका देशहरूको साझा

काठमाडौँ, २ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले नयाँ पुस्ताको विश्वास र समयको मागअनुसार कांग्रेसलाई अझ सशक्त र जनमुखी बनाउनुपर्ने