एजेन्सी, १६ फागुन । सिंगापुर वर्षकै विश्वकै महँगो सहरको पहिलो स्थानमा परेको छ ।
इकोनोमिस्ट इन्टेलिजेन्स युनिटको वार्षिक विश्वव्यापी जीवनयापनको खर्च प्रतिवेदनका अनुसार खाद्यान्न, पेय, पोशाक र घर भाडा लगायत १ सय ६० विभिन्न उत्पादनको मूल्यका आधारमा सिंगापुर उक्त सूचीको पहिलो स्थानमा परेको छ ।
गत वर्ष विश्वका महँगा सहरमा एसियलाी र युरोपको बर्चश्व कायम भएको छ । यसको आधारमा सिंगापुर लगातार २०१४ देखि पहिलो स्थानमा कायम हुदै आएको छ ।
टोकियो १९९२ देखि झन्डै प्रत्येक वर्ष विश्वकै महँगको सहर रहदै आएको थियो । विश्वकै महँगो सहरमा सिंगापुरले टोकियोलाई पहिलो पटक २०१४ मा पछि पारेको थियो ।






