प्रधानमन्त्रीले मन्त्रीहरुलाई बालुवाटार बोलाए

काठमाठौँ, १५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटनामा परेको खबर सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएका हुन् ।

कल साइन एएमआई (अल्फा माइक इन्डिया) कल साइन भएको उक्त हेलिकप्टर हेलिकप्टर काठमाडौंबाट बिहान साढे ८ बजे उडेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा चुहान डाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न पठाएका विमानस्थल स्रोतले बताएको छ।

हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका थिए। मन्त्रीसहित ६ जना उक्त हेलिकप्टरमा सवार थिए।हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका मालिक आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल र अर्जुनकुमार घिमिरे सवार थिए।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । पश्चिम नवलपरासीमा ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकार पोषकान्त पोखरेलको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार

काठमाडौँ, १३ कार्तिक । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न क्षेत्रमा भूमिगत विद्युत् लाइन विस्तार गर्ने क्रममा आठ दिनसम्म विद्युत् आपूर्ति बन्द

काठमाडौँ, १३ कार्तिक । जिल्ला अदालत सिरहाको परिसरबाट हतकडी फुत्काएर फरार भएका एक थुनुवा पक्राउ परेका छन् । प्रहरीका अनुसार

काठमाडौँ, १३ कार्तिक । रौतहटको फतुवा विजयपुर नगरपालिका–११ राङ्गी टोलमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक प्रहरी जवानको मृत्यु भएको छ