भारतीय लडाकु विमान दुर्घटनाग्रस्त, पाइलटको मृत्यु

एजेन्सी, १५ फागुन । भारतीय वायुसेनाको एउटा लडाकु बिमान मिग २१ दुर्घटना भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार काश्मिरको कलान गाउँमा विमान खसेको र दुर्घटनामा बिमानका पाइलटको मृत्यु भएको जनाएको छ  ।

उक्त लडाकु बिमान मिग २१ ले श्रीनगर बिमानस्थलबाट उडान भरेको र  उडान लगत्तै ठूलो आवाजसहित बिमान पड्कियो र खेतमा खसको जनाइएको छ  ।

दुर्घटनाग्रस्त विमान पूर्णरुपमा ध्व्स्त भएको छ भने  श्रीनगर बिमानस्थलबाट उडान र अवतरण बन्द गरिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

भारतीय वायू सेनाको एक लडाकु बिमानले पाकिस्तानी क्षेत्रमा पसेर बम विष्फोट गराएको भोलिपल्ट यो घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ भने अर्का साइकलयात्री घाइते भएका छन् । प्रहरीका

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय