काठमाडौं, १५ फागुन । टि-२० वल्र्ड कपको एसिया छनोट अन्तर्गतको खेलमा कुवेतसग नेपालले ३० रनको अन्तरले विजयी हासिले गरेको छ ।
नेपालले दिएको एक सय १७ रनको चुनौति पछ्याउने क्रममा कुवेत ९ विकेट क्षेतिमा ८६ रनमा सिमित भयो । नेपालले पहिलो ब्याटिङ गर्दै एक सय १६ रनको स्कोर गरेको थियो । नेरीले १९ बलमा त्यति नै रन बनाइन् भने रुबिनाले १३ बलमै २२ रनको आक्रामक इनिङ खेलिन् । उनीहरु दुवैले ३-३ चौका प्रहार गरेका थिए ।
नेपालका लागि कप्तान रुबिना क्षेत्रीले ह्याट्रिक पुरा गरिन् । उनले २० औं ओभरको अन्तिम तीन बलमा लगातार विकेट लिएकी थिइन् । नेपालका लागि बिन्दू रावलले सर्वाधिक २८ रनको योगदान गरिन् । उनले ४९ बलको सामना गर्दै एक चौका प्रहार गरेकी थिइन् ।
कुवेतका मरियाम ओमार र प्रियादा मुरलीले २-२ विकेट लिएका थिए । एक समय १ विकेटमा ६३ रन बनाएको कुवेतले रन रेट उकास्न नसक्दा दवावमा पर्यो ।






