संसदीय सुनुवाइ विशेष समितिको बैठक स्थगित

काठमाण्डौ,  १४ फागुन ।  मंगलबार बोलाइएको संसदीय सुनुवाइ विशेष समितिको बैठक स्थगित भएको छ ।

आज अपरान्ह २ बजे सिंहदरबारमा बोलाइएको समितिको बैठक कोरम नपुगेपछि स्थगित गरिएको हो । बैठकमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सबै सांसदहरु उपस्थित नभएका कारण स्थगित गरिएको छ ।

मधेशी आयोगका प्रस्तावित अध्यक्ष डा. विजयकुमार दत्त र थारु आयोजका प्रस्तावित अध्यक्ष विष्णुप्रसाद चौधरीको सुनुवाइका लागि बोलाइएको समितिको आइतबारको बैठक पनि कोरम नपुगेकै कारण स्थगित भएको थियो ।

समितिमा १५ जना सदस्य रहेकोमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ९ जना सांसद रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । सामाजिक सञ्जाल टिकटकमा फेक आईडी बनाएर गाउँकै व्यक्तिहरूको फोटो तथा भिडियो अश्लील गीतमा जोडेर प्रसारण गरेको

काठमाडौँ, १२ कार्तिक । झन्डै दुई सातासम्म बक्स अफिसमा दबदबा कायम राखेपछि दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्म ‘जेलर २’ को कमाइ

काठमाडौँ, ११ कार्तिक । कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमा आफूविरुद्ध चलाइएको ‘बहिष्कार’ अभियानप्रति आपत्ति जनाएका छन् ।  आफ्नो सामान्य भनाइलाई केही

काठमाडौँ, ११ कार्तिक । फिल्म ‘कलेजी’को छायांकन सुरु भएको छ । सिक्किमबाट चलचित्रको छायांकन सुरु गरिएको हो । निर्देशक नवीन चौहानले सिक्किमको