शहीदले देखाएको बाटोबाटै समाजवाद निर्माणको आधार : गृहमन्त्री थापा

काठमाडौँ, १४ फागुन । गृहमन्त्री रामबहादुर थापाले शहीदहरुले देखाएको बाटोबाटै समाजवाद निर्माणको आधार तयार भएको बताउनुभएको छ ।

आज यहाँ जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृतिमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले शहीदहरुको बलिदानीपूर्ण संघर्षबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएको उल्लेख गर्दै उनीहरुले देखाएको बाटोबाटै मुलुकलाई समृद्ध बनाउने दिशामा अघि बढन पनि सबैलाई आह्वान गर्नु भयो ।

गृहमन्त्री थापाले शहीदहरुको सपना, त्याग र बलिदानबाटै मुलुकमा राजनीतिक तथा सांस्कृतिक परिवर्तन सम्भव भएको उल्लेख गर्नुभयो । उहाँले मुलुक समृद्धिको नयाँ युगमा प्रवेश गरेको पनि बताउउँदै मुलुकको समृद्धिका लागि राष्ट्रिय एकतालाई झनै सुदृढ बनाउँदै अघि बढनुपर्नेमा पनि जोड दिनुभयो ।

गृहमन्त्री थापाले नेपालको सामाजिक तथा राजनीतिक परिवर्तनमा उत्पीडित समूदायले पुर्‍याएको योगदान अतुलनिय रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत्यु

काठमाडौँ, १२ कार्तिक । सिरहाको नवराजपुर गाउँपालिका–५ झाझपट्टीस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १५२ किलोभन्दा बढी लागुऔषध गाँजा बरामद गरेको छ। नेपालबाट

काठमाडौँ, १२ कार्तिक । सिरहाको मार्डरमा हवाई फायर गरेर प्रहरीले दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । लागुऔषध

काठमाडौँ, १२ कार्तिक । कैलालीमा प्रहरीले लागुऔषधसहित एकैदिन आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार धनगढी र भजनीबाट बुधबार