एञ्जल लर्ड कोटेश्वरमा वृहत विज्ञान प्रदर्शनी हुँदै

काठमाडौँ, १४ फागुन । एञ्जल लर्ड एकेडेमी कोटेश्वरले दुईदिने वृहत् विज्ञान प्रदर्शनी आयोजना गर्दैछ । यही फागुन १७ र १८ गते आयोजना हुन लागेको उक्त प्रदर्शनीमा विद्यार्थीहरुले बनाएका विज्ञान र प्रविधी सम्बन्धि विविध सामग्री तथा उपकरणहरु राखिने विदालयका प्रिन्सिपल टंक लिम्बुले बताएका छन् ।

यसका साथै रोबोटिक्स तथा अटोमेशन कक्षामा सहभागी हुने कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरुको सहभागिता रहने सो प्रदर्शनीमा रोबर्ट सम्बन्धि विभिन्न उपकरण, होम सेक्युरिटी प्रणाली, भुकम्पिय सुचक, अग्नि सुचक, पानीको सतह मापन यन्त्र, विधुत सम्बन्धि स्वचालित उपकरण, अटो मोबाईलसँग सम्बन्धी उपकरणहरुको नमुनाहरु साथै स्मार्ट सिटिको नमुना विशेष आकर्षण रहने छन ।

प्रदर्शनीमा नृत्य क्लबका भाईबहिनीहरुले साँस्कृतिक नृत्य प्रस्तुत गर्ने छन भने म्युजिक क्लबका भाईबहिनीहरुले विविध गीत संगीतहरु प्रस्तुत गर्ने छन । उनीहरुले नेपाली लोक बाजागाजाहरुको प्रयोग भएको लोक अर्केष्ट्रा समेत प्रस्तुत गर्ने छन ।

त्यसैगरी आर्ट क्लबका भाईबहिनीहरुले विविध किसिमका प्रयोगात्मक चित्रकलाहरुको प्रदर्सन समेत गर्नेछन । त्यसका अतिरिक्त नेपाली मौलिक भेषभुषाहरुको प्रदर्शनी गरिनका साथै मौलिक नेपाली खानाहरुको प्रदर्शनी र बिक्री समेत गरिने छ । मौलिक खाना प्रदर्शनीमा जम्मा भएको कुल रकमको १० प्रतिशत रकम च्यारिटीमा खर्च गरिने विद्यालयको अतिरिक्त कृयाकलाप संयोजक टेकेन्द्रराज चेमजोंगले बताए । प्रर्दशनीको अर्को आकर्षक थ्रीडी मुभी रहने छ । सोशियल क्लबका विद्यार्थीहरुको सक्रियता संचालन गरिने उक्त मुभी शो बाट संकलन भएको सम्पुर्ण रकम सामाजिक सेवामा खर्च गरिने छ ।

ती दुबै दिन अर्थात फागुन १७ र १८ गते नयाँ विद्यार्थीहरुका लागि विद्यालय प्रशासनले निशुल्क भर्ना गरिने घोषणा समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ भदाै । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत ग्राहकहरूलाई प्रधानमन्त्री दैवी प्रकोप

काठमाडौँ, १२ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बाेलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा आज बिहान ११

काठमाडाैँ, १२ भदौ ।  प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको भन्दै सरकारले भदौ १३ गतेदेखि सञ्चालन

काठमाडाैँ, १२ भदौ ।  संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि १ करोड अमेरिकी