शिक्षा क्षेत्र बेरोजगार उत्पादन गर्ने कारखाना मात्र बन्यो, शैक्षिक नीति परिवर्तन गर्नुपर्छ : मन्त्री विष्ट

गुल्मी, १३ फागुन । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले देशको शिक्षा नीति नै गलत भएकै कारण्ण लाखौं युवाहरु बेरोजगारी बन्नु परेको मात्र नभई शिक्षा क्षेत्र बेरोजगार उत्पादन गर्ने कारखाना बनेको बताउनुभएको छ । उहाँले तत्कालै शैषिक तीति तथा पाठ्यक्रम परिवर्तन गर्दै प्राविधिक शिक्षालाई विस्तार गर्नुपर्ने बताउनुभयो ।

गुल्मीको महेन्द्र आदर्श माध्यमिक विद्यालय वामीटक्सारको हिरक महोत्सव तथा श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञको सोमवार गुल्मीको वामी टक्सारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विष्टले शिक्षा नीति परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको औँल्याउँदै उहाँले गलत शिक्षा नीतिका कारण थुप्रै युवाहरु बेरोजगार बन्नु दुर्भाग्यपूर्ण रहेको बताउनु भयो ।

रोजगार संयोजकका लागि मन्त्रालयले ७ सय ५३ जना अधिकृत सरहका कर्मचारी माग गरेकोमा ५ सय जना व्यक्ति मात्र उत्तीर्ण भएको जानकारी गराउनुभयो । मन्त्री बिष्टले सरकारले अबको तीन महिनाभित्रमा घोषणा पत्रमा उल्लेख गरिए अनुसार वृद्धभत्ता बढाउन लागेको समेत जानकारी दिनुयभो । सार्वजनिक पदमा बसेको मान्छेले आफ्नो र परिवारको स्वार्थ भन्दा देश र नागरिकको हितमा लाग्न जनप्रतिनिधिहरुलाई आग्रह समेत गर्नुभयो ।

‘सीपयुक्त जनशक्ति निर्माणको इच्छा, नगरभित्रै सर्वसुलभ प्राविधिक शिक्षा’ भन्ने नारा सहित इन्जिनियरिङसहितको प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्य सहित संचालन गरिएको महायज्ञमा हाल सम्म ३ करोड २६ लाख १९ हजार भन्दाबढी रकम दिने भनेर दाताहरुले बोलकबोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । पश्चिम नवलपरासीमा ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकार पोषकान्त पोखरेलको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार

काठमाडौँ, १३ कार्तिक । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न क्षेत्रमा भूमिगत विद्युत् लाइन विस्तार गर्ने क्रममा आठ दिनसम्म विद्युत् आपूर्ति बन्द

काठमाडौँ, १३ कार्तिक । जिल्ला अदालत सिरहाको परिसरबाट हतकडी फुत्काएर फरार भएका एक थुनुवा पक्राउ परेका छन् । प्रहरीका अनुसार

काठमाडौँ, १३ कार्तिक । रौतहटको फतुवा विजयपुर नगरपालिका–११ राङ्गी टोलमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक प्रहरी जवानको मृत्यु भएको छ