पाँचथर पावरको आइपिओ बिक्री आजदेखि शुरु

पाँचथर, १३ फागुन । पाँचथर पावर कम्पनी लिमिटेडले आजदेखि साधारण सेयर (आइपिओ) बिक्री सुरु गरेको छ ।

कम्पनीले रु १७ करोड ५० लाख २५ हजार बराबरको १७ लाख ५० हजार २५० कित्ता आइपीओ बिक्री शुरु गरेको हो । कम्पनीले पाँचथरमा १४ दशमलव ९ मेगावाटको हेवाखोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ ।

उक्त आयोजनाको कूल लागत रु दुई अर्ब ६१ करोड ४७ लाख रहेको कम्पनीले जनाएको छ ।  आयोजना प्रभावित स्थानीय बासिन्दाले समेत नकिनेको सात लाख ८७ हजार ७५० कित्ता थप गरी साधारण शेयर छिटोमा फागुन १६ गतेसम्म बिक्री हुनेछ ।

कूल निष्कासनमध्ये ३५ हजार पाँच कित्ता कम्पनीका कर्मचारी र ८७ हजार ५१२ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ कार्तिक । वीरगञ्जस्थित सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि सरकारले यसअघि पनि उद्योगहरूमाथि कारबाही गरेको थियो। गत साउन ५ गते

वीरगञ्ज, १७ कार्तिक । छठ पर्वलाई लक्षित गरी वीरगञ्जस्थित सिर्सिया नदीको सरसफाइ तथा प्रदूषण नियन्त्रण अभियान तीव्र पारिएको छ। प्रधानमन्त्री

काठमाडौँ, १७ कार्तिक । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे

काठमाडौँ, १७ कार्तिक । भोटेकोसी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठक आज बस्दै छ