काठमाण्डौ, १३ फागुन । नेपाल राष्ट्र बैंकले आज सोमबार तोकेको बिनिमय दर अनुसार यसप्रकार रहेको छ ।
आज अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ११४ रुपैयाँ १३ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा तोकिएको छ ।
यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४३ पैसा छ भने यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०७ पैसा छ ।
मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ८४ पैसा र बिक्रीदर २८ रुपैयाँ ९८ पैसा छ भने कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ८७ पैसा तोकिएको छ ।
यस्तै आज कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ११ पैसा र बिक्रीदर १० रुपैयाँ १६ पैसा रहेको छ । बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ १५ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ७४ पैसा छ ।






