खेलले मानिसलाई स्वास्थ्य बनाउँछ, जसले स्वास्थ्य क्षेत्रमा लगानी घटाउँछ : मन्त्री बिश्वकर्मा

रामेछाप, १२ फागुन । युवा तथा खेलकुदमन्त्री जगतबहादुर बिश्वकर्माले खेलले मानिसलाई स्वास्थ्य बनाउनुका साथै स्वास्थ्य क्षेत्रमा लगानी घटाउँने बताएका छन ।

आइतबार रामेछापको उमाकुण्ड गाउँपालिकाको अयोजनमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री बिश्वकर्माले नेपालमा खेलको माध्यमबाटै देशलाई समृद्ध बनाउन सकिने बताएका छन् ।

देशले लिएको शान्ति, सुशासन र समृद्धिसहितको दीगो विकासको लक्ष पूरा गर्नको लागि पनि खेल आवश्यक रहेको बताए साथै उनले हिउँ, पानी, हावा आदिमा खेलिने खेलकुदको माध्यमबाट बाहृय पर्यटकहरुलाई समेत भित्र्याइ समृद्धिको बाटोमा अघि बढ्ने सम्भावन रहेको बताएका छन ।

खेलले अनुशासित बनाउने भएकाले त्यसले सुशासन कायम गर्न मद्धत पुर्‍याउने मन्त्री बिश्वकर्माको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । नेपाल राष्ट्र बैंकले बिहीबार (कात्तिक १२) बैंकिङ प्रणालीबाट एक खर्ब ५० अर्ब रुपैयाँ निक्षेप तान्दै छ

काठमाडौँ, १२ कार्तिक । मुस्ताङमा यस वर्ष एक अर्ब १४ करोड ९६ लाख रुपैयाँ बराबरको स्याउ उत्पादन भएको प्रारम्भिक अनुमान

बागलुङ, १२ कार्तिक । बागलुङका विपद् संकटग्रस्त स्थानीय तहलाई सङ्घीय सरकारले पहिलो चरणमा दुई करोड रुपैयाँ अनुदान उपलव्ध गराएको छ

काठमाडौँ, १२ कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate