शेयर बजार आज दोहोरो अङ्कले घट्यो

काठमाडौँ, १२ फागुन ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार आज आइतबार शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ ।

कारोवार मापक नेप्से परिसूचक १०.७५ विन्दुले घटेर एक हजार १०२.३२ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.४२ विन्दुले घटेर २३४.१८ विन्दुमा पुगेको छ ।

आइतबार कूल १६६ कम्पनीको छ लाख ९८ हजार ५४२ कित्ता शेयर रु २० करोड ९९ लाख ९७ हजार ५६९ बराबरको खरीद बिक्री भएको छ । कारोवार भएका कूल दश उपसमूह मध्ये आज उत्पादन उपसमूहको मात्रै शेयर बढेको छ । सो उपसमूहको शेयर ३३.२ विन्दुले बढेको छ ।

बैंकिङ ९.०१, होटल १९.१३, विकास बैंक ५.२६, जलविद्युत् ९.३२, वित्त ०.६७, निर्जीवन बीमा ६९.२, अन्य १०.९७, लघुवित्त २०.७२ र जीवन बीमा ६१ विन्दुले घटेको छ ।

स्टकका अनुसार युनिलिभर नेपाल लिमिटेडका शेयरधनीले ४.०३ प्रतिशतले कमाएका छन् । यस्तै एक्सल डेभलपमेन्ट बैंक ३.९९, एनएमबी हाइब्रिड फण्ड ३.२१, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका शेयरधनीले २.११ प्रतिशतले कमाएका छन् ।

यस्तै, किसान माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ७.५४ प्रतिशतले गुमाउँदा भार्गव विकास बैंक ६.६६, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ६.०७, घलेम्दी हाइड्रो लिमिटेड ४.८८, वोमी माइक्रोफाइनान्स वित्तीय संस्था ४.३१, ओरेण्टल होटल लिमिटेड ४.१६, खानीखोला हाइड्रो पावर कम्पनीका शेयरधनीले चार प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ कार्तिक । वीरगञ्जस्थित सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि सरकारले यसअघि पनि उद्योगहरूमाथि कारबाही गरेको थियो। गत साउन ५ गते

वीरगञ्ज, १७ कार्तिक । छठ पर्वलाई लक्षित गरी वीरगञ्जस्थित सिर्सिया नदीको सरसफाइ तथा प्रदूषण नियन्त्रण अभियान तीव्र पारिएको छ। प्रधानमन्त्री

काठमाडौँ, १७ कार्तिक । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे

काठमाडौँ, १७ कार्तिक । भोटेकोसी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठक आज बस्दै छ