हङकङमाथि नेपालको सहज जित

काठमाडौं, १२ फागुन । नेपालले आईसीसी वुमन्स टी–२० विश्वकपको एसिया छनोटमा हङकङलाई ४ विकेटको अन्तरले सहज जित हासिल गरेका छ ।

थाईल्याण्डको बैंककस्थित एसियन ईन्सिटच्युट अफ टेक्नोलोजीको मैदानमा आइतबार भएको लिग चरणको आफ्नो चौंथो खेलमा नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको हो ।

हङकङले दिएको ६२ रनको सामान्य लक्ष्य नेपालले १८।३ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । नेपालका लागि अप्सरी वेगमले सर्वाधिक २४ र सरिता मगरले १६ रन जोडे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६२ रन बनाएको थियो । उसलाई सस्तैमा समेट्ने क्रममा नेरीले घातक बलिङ गर्दै ६ विकेट लिइन् । ४ ओभर बलिङ गरेकी उनले मात्र ८ रन दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ कार्तिक । पोखरामा चोरी भएको एक घण्टामै प्रहरीले चोरीको मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय

काठमाडौँ, १ कार्तिक । सुनकोसी नदीमा जीप खस्दा तीनजनाको मृत्यु भएको छ ।  प्रहरीका अनुसार सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी

काठमाडौँ, १ कार्तिक । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको जल तथा मौसम मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

काठमाडौँ, १ कार्तिक । २०८३ साल कार्तिक १ गते आइतबारको राशिफल ।  मेष : दिन राम्रो छ । शिक्षा, स्वास्थ्यमा सुधार